सिन्धुलीमा १७३ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न, सबैको रिपोर्ट नेगेटिभ

सम्झना श्रेष्ठ, बैशाख ५ शुक्रबार, सिन्धुली ।

सिन्धुलीमा ¥यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत कोरोना परिक्षण सुरु गरिएको हो । सिन्धुलीमा अहिलेसम्म १७३ जनाको यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा १९ जना पुरुष र ५ जना महिलाको आर डिटि टेस्ट गरिरुएको छ । यसैगरि दुधौली नगरपालिकामा १८ जना पुरुषको आरडिटि गरिएको बताइएको छ । यस्तै मरिण गाउँपालिकामा ३४ जना पुरुष तथा ४ जना महिला, हरीहरपुगढी गाउँपालिामा २३ जना पुरुष र ३ जना महिलाको आरडिटि सम्पन्न भएको छ । यस्तै तीनपाटन गाउँपालिकामा ३७ जना पुरुष र १३ जना महिलाको आरडिटि सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य स्थानिय तहहरुमा पनि आरडिटि गर्ने तयारी रहेको छ । हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाभरी १४३ पुरुष तथा ३० महिलाको आरडिटि परिक्षण गरिएको हो ।