खाना नपाएर भोकै हिड्नेहरुलाई नेविसंले स्थापना दिवसको अवसरमा ग¥यो खाद्यन्न सामाग्री हस्तान्तरण

वैशाख,०६

रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापले जिल्लामा पैदल हिडेर एक जिल्लाबाट अर्काे जिल्लामा जानेहरुको लागि खाद्ययन्न उपलब्ध गराएको छ । ने.वि.सघको ५१ औं स्थापना दिवसको अवसर पारेर संघले कोरोना महामारीमा परेर भोकै पैदल हिड्नु पर्नेहरुको पीडालाई ध्यान दिदै उक्त सामाग्री जिल्लाको मुख्य नाका सेलेघाटमा तयारी अवस्थामा राखेको हो ।

शनिबार संघका पदादिकारीहरुले भोको पेट भएका र किनेर पनि खाने वातावरण नभएको औंल्याउदै तयारी खाने खाने कुरा चाउचाउ, चिउरा, दालमोट, बिस्कुट, चिसो पिय पदार्थ, पानी, फुर्टी,जुस लगाएतका सामाग्री सेलेघाट ट्राफिक बिटमा राखेको स्वावियु सविच बिमल पौड्लले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार संघले कोरोना भाइरस संक्रमणबाट सबै जोगाउन र जोगिन पनि अपिल गरेको छ । संघले विपदको परिस्थितिमा कुनै पनि पार्टीले राजनीतिकी करण नगरी नागरिकहरुको संरक्षण गर्न पनि ध्यानर्कषण गराएको छ । सरकारलाइ पनि ध्रयानाकर्षण गराएकाे हाे ।

स्थानपना दिवसको अवसर पारेर जनता भ्वाइससंग कुरा गर्दै ने.वि.सघ रामेछापका अध्यक्ष सुशिल अधिकारीले यो कुनै औपचारीक कार्यक्रम नगरे पनि नागरिकहरु संग प्रत्यक्ष जोडिएका विषयमा संघले गतिविधी गरि रहेको बताउनुभयो ।

उहाँले विविध गतिविधी गरेर संले यो विपतिमा मौन बसेको सरकारको ध्यानकर्षण गराउने काम केन्द्र देखी स्थानीय स्तर सम्म भएको बताउनुभयो ।