गाउँपालिकालाई पिपिइ र मास्क दिने कांग्रेस रामेछाप–काठमाण्डौ सम्पर्क समितिको निरन्तरता

वैशाख,०६

रामेछाप । नेपाली कांग्रेस रामेछाप–काठमाण्डौं सम्पर्क समितिले सुनापति गाँउपालिकालाई कोरोना भाईरस संक्रमणबाट रोकथाम र नियन्त्रण को लागि सामाग्री हस्तान्तरण गरेको छ ।

शुक्रबार पालिका प्रमुख धावा लामालाई पर्शनल प्रोटेक्टिभ ईकुप्मेन्ट (पि पि ई), मास्क हस्तांतरण गरेको नेपाली कांग्रेस रामेछापका जिल्ला उप–सभापति जितेन्द्र मोक्तानले जानकारी दिनुभयो ।
कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि पालिकालाई सामाग्री हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

सम्पर्क समितिले यस अघि पनि जिल्लाका विभिन्न पालिकालाई सामाग्री हस्तान्तरण गर्दै आएको छ ।