जन्ती र मलामी समेत सहरबाट ज्याला दिएर ल्याउने दिन नआउला भन्न सकिन्न

म सामान्य कृषक परिवारमा जन्मिएको कृषकको छोरा । कृषकको घरमा जन्मे पछि खेतिपाती अनिवार्य नै हो । सानो हुँदा देखिनै म हजुरबुबाको पछि लागेर खेतबारी जोत्ने गर्थे । पछि राम्रै हलि भए । स्कुल पढ्दा बिहान बेलुका र बिदाको दिन जुनसुकै बिद्यार्थीले पनि घरखेतको काम सघाउन अनिवार्य हुन्थ्यो। झन खेतीपाती लगाउने समयमा स्कुलै जान पाइदैन थियो । यो अहिलेसम्म पनि सामुदायिक बिधालयमा पढ्ने बिद्यार्थी को पिडा हो।

एस.एल.सि. सकिए पछि उच्च शिक्षा र रोजगारीका लागी गाउँ छाडियो । तब खेतीपाती को काम गर्न छाडियो। कहिले काही चाडपर्व मा घर आउँदा यस्तो खेतबारीमा काम गरिन्न भन्ने गरियो । सहरमा आर्जन गरेको शिक्षा र आम्दानी कै गफका कुरा नसकिदै फिर्कने समय आउथ्यो। सहरमा बसेर मेरो गाउँमा बिकास भएको छ, यस्तो उस्तो भनेर बिष्लेशण नगरेको पनि होइन।

तर वास्तविकता कोरनाको संक्रमित बाट बच्न गाउ आउँदा प्रष्ट भयो कति परिवर्तन भएको रहेछ भनेर। गाउँ गाउमा धारा आएछ । सडक निर्माण भएछ । बिधालयका राम्रा सुन्दर भवन निर्माण भएछ । रेडियो सुन्ने म प्रत्येकको घरमा टेलिभिजन पुगेछ ।  बिजुली पुगेछ । सबै कुराको परिबर्तन भएको रहेछ । खुशी भए म ।  अब मेरो खेत र हलो पनि परिवर्तन भयो होला भन्ने आसा गरेको थिए। तर अलिकति पनि परिवर्तन भएका रहेनछ। भएछ्न त काल्नाहरु । कान्लाहरू भित्किएछन। म सितलमा रहने आंपको बोट बुढो भएछ। सालको पोथ्रा रुख भएछ। बाकी हलो जस्तो मेरा हजुरबुबा ले मलाई जोत्न सिकाउदा को अवस्था अहिले अहिले पनि उहि रहेछ।

गोरु नै जोत्नु पर्ने त्यै सुर्का अनि सागुरा गह्रां साह्रै अफ्ट्यारो  । यो परिवर्तनको कुनै सम्भावना छैन। यो खेती गरेर न खान पुग्छ न त लगानी उठाउन नै सकिन्छ। अझ भन्ने हो भने कति खेतबारी त बाझै हुन थाली सक्यो। यो परिवर्तन हुने कुनै आशा छैन । न सरकारले सक्छ न प्राकृतिले नै ।  किसानले दुख गर्ने एउटा थलो भएको छ । अब परिवर्तन को एउटा विकल्प छ । खेरबारीमा मौंसम र ठाउँ अनुसारको फलफूल लगाउने हो भने सधैभरी हलो बोकेर खेती गर्नु पर्दैन। यो अहिलेका कृषकहरूमा स्थानीय सरकारले हौसला प्रदान गर्न जरुरत छ। उत्पादन गरेको वस्तु स्थानीय सरकारले बजार ब्यवस्थापन गर्यो भने  आउँदा पिडिहरुले  उहि हलो र खेतको गुनासो गर्नु पर्दैन।  माटो अनुसारको खेति र दिगो बजारिकरण नहुँदा सम्म म , मेरो खेत र हलोको वास्तविक कथा रोजीरोटिका लागि मात्र हुनेछ । जन सम्म गाउँका खेतबारीका माटोबाट पैसा फलाउन सकिदैन तब सम्म युवाले गाउँ छाड्छन् । शहर पस्छन् । त्यहाँ पनि भविष्य देख्दैनन् तब अरब पस्छन् ।

अहिले कोरोना संक्रमणले भित्राएको युवालाई गाउँकै माटोमा पैसा फलाउन नसिकाउने हो भने ’गोजिमा दाम छैन, गोजिमा दाम छैन, गाऊँ र घरको भिरपाखा खनि केहि पनि काम छैन’ भन्दै युवाले फेरी गाउँ छाड्छन् । जसको फलस्वरुप गाउँमा पर्दा जन्ती र मर्दा मलामी समेत सहरबाट ज्याला दिएर ल्याउन पर्ने दिन नआउला भन्न सकिन्न ।