लिखु तामाकोशीमा परापूर्व देखी निरन्तर गर्दै आएको आइतबारे पुजा रोकियो- अध्यक्ष महत

वैशाख,०६

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ३ मा परापूर्व काल देखी चलिआएको आइतबारे पुजा रोकिएको छ ।

कोरोना भाइरसका संक्रमणका कारण मानिसहरु भेलाहरु नपाउने भएसंगै पुजा अर्को सुचना नआउदा सम्मको लागि स्थगित गरिएको सोही वडाका वडा अध्यक्ष यम बहादुर महतले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘मलाई थाहा भएदेखि निरन्तर रुपमा चलिआएको पुजा कोरोना भाइरस संक्रमणका कारण स्थागित गरेका छौं, महामारी अन्त्य संगै यो पुन संचालन गर्नेछौं, हालको परिस्थितिलाई मध्यनजर गरि स्थगित नगरि नहुने अवस्था आएकाले स्थागित गरेका हौँ, याँहा पुजा गर्न सिन्धुली, दोलाखा, ओखलढङु्गा, काभ्रे लगाएतका ठाउँबाट मान्छे आउने गर्दछन् त्यसैले स्थगित गर्नु परेको हो । यस अघि प्रत्येक आइतबार पुजा गरिदै आएको थियो, यसको कुनै लेख छैन कि यो मितिबाट संचालनमा आएको हो । मलाई थाहा भएदेखी निरन्तर छ । सोह्र श्राद्ध बाहेक कहिले रोकिएको मलाई थाहा छैन ।’