सिन्धुलीमा २०९ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न


सम्झना श्रेष्ठ,
बैशाख ६ सिन्धुली । सिन्धुलीमा अहिलेसम्म २०९ जनामा ¥यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) गरिएको छ । आरडिटि गरिएका सबै १७३ जना पुरुष तथा ३६ जना महिलाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लाको फीक्कल गाउँपालीकामा शुक्रबार २१ जनाको यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) गरिएको छ । फीक्कल गाउँपालिकामा विदेशबाट फर्कीएका र काठमाडौँबाट फर्कीएका ज्वरो आएका ३ जना महिला तथा १८ जना पुरुष गरि २१ जना नागरिकहरुको आरडिटि गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । आरििडटि गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको उपाध्यक्ष सुनुवारको भनाई छ ।
यस्तै घ्यांलेख गाउँपालिकामा पनि शुक्रबारै १३ जनामा आरडिटि गरिएको बताइएको छ । टेस्ट गरिएका १० जना पुरुष तथा ३ जना महिलाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
यसअघि कमलामाई नगरपालिकामा १९ जना पुरुष र ५ जना महिलाको (आरडिटि) टेस्ट गरिएको छ । यसैगरि दुधौली नगरपालिकामा १८ जना पुरुषको आरडिटि गरिएको बताइएको छ ।
यस्तै मरिण गाउँपालिकामा ३४ जना पुरुष तथा ४ जना महिला, हरीहरपुगढी गाउँपालिकामा २३ जना पुरुष र ३ जना महिलाको आरडिटि सम्पन्न भएको छ । यस्तै तीनपाटन गाउँपालिकामा ३७ जना पुरुष र १३ जना महिलाको आरडिटि सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी न्यौपानेको भनाई छ । हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको पाइएको छ । अहिले स्थानिय तहहरुमा विदेशबाट तथा काठमाडौँ लगाएत अन्य ठाउँबाट फर्किएका नागरिक र ज्वरो देखिएका नागरिकको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटि) भैरहेको छ ।