अपडेटः रामेछापमा हाल सम्मको सबै रिपोर्ट नेगेटिभ

वैशाख ०७,

रामेछाप । रामेछाप जिल्लामा आइतबार गरिएको र्‍यापिड टेष्ट रिपोर्ट सबै नेगेटिभ आएको छ । जिल्लामा आज (अाइतबार) सम्म १ सय १३ जनाको ¥यापिट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

आइतबार जिल्लाका विभिन्न स्थानमा गरि ११ जनाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार जिल्लामा क्वारेनटाइनमा हाल २९ जना रहेका छन् । शनिबार जिल्लामा क्वारेनटाइनमा बस्नेको संख्या ४५ रहेको थियो ।


रामेछापमा विभिन्न स्थानमा १४ तथा २१ दिन क्वारेनटाइनमा बसेकाहरुको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएसंगै क्वारेनटाइनमा बस्नेहरुको संख्या घटेको जिल्ला स्वास्थ्य कार्यलयको भनाइ छ ।


आइतवार सम्म रामेछाप नगरपालिकामा २ जना , मन्थली नगरपालिकामा १ जना, दोरम्बा गाउँपालिकामा ९ जना , उमाकुण्ड गाउँपाकिलामा ११ जना , खाँडादेवी गाउँपालिकामा ६ जनालाई क्वारेन्टिनमा राखिएको छ ।