उमाकुण्ड गाउँपालिकाले अलपत्रमा परेका नागरिहरुलाइ गाउँ नल्याउने

वैशाख,०७,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले, पालिकाका नगरिहरु लकडाउनका कारण विभिन्न ठाउँमा रोकिएकाहरुलाई उद्दार गरि गाउँ नल्याउने निर्णय गरेको छ । तर पालिकाले ती नागरिकहरुलाई आर्थिक, राहात र खानाको भने ब्यवस्था गर्ने छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागी नेपाल सरकारले जारी गरेको लकडाउनका कारण पालिकाका स्थानीयहरु विभिन्न स्थानमा अलपत्रमा परेका छन् । सर्वच्च अदालतले पनि अलपत्रमा परेका नागरिकहरूलाइ तत्काल सुरक्षीत स्थानमा लैजना अादेश दिसकेकाे छ ।

सुचना

यसरी अलपत्रमा परेकाहरुलाई पालिकाका सम्बन्धीत ब्यक्तिसंग सम्र्पक गर्न अपिल गरिएको हो । पालिकाले अप्ठ्यारोमा परेकाहरुलाई खाना, बस्न, राम्रो ब्यवस्था गर्न सक्ने तर गाउँमा ल्याउदा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेने भएकाले यस्तो निर्णय गरेको पालिकाका प्रमुख शेर बहादुर सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–हामी हाम्रा नागरिकहरुको संरक्षणमा हर्दम जुटेका छौं, खाना नपाएका छौ भने खबर गर्नु भनेको छौं, हामी खानेकुराको ब्यवस्थापन गछौँ, कसैलाई कोठामा बस्दा समस्या भए मलाई भन्नुभनेको छु म त्यसको जिम्मा लिन्छु, हामी लिन्छौँ, सम्बन्धीत वडा, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, सुरक्षाकर्मीलाई खबर गर्दछौँ तर यो महामरीकै समयमा गाउँनै ल्याउने कुरालाई हामीले अहिलेलाई पर राखेका छौं ।

तर नागरिकहरू भाेकै बस्न नसके पछि पैदल हिडेरै काठमाण्डाैं लगाएत देशका विभिन्न स्थानबाट घर अाइरहेका छन् ।

साथै पालिकाले पालिकाका कुनै पनि नागरिकहरूलाइ अप्ठ्याराे परे तत्काल ईश्वरी प्रसाद सुवेदी, (प्रमुख प्रशासकीय अधिकृत) र सुवोध निरौला,(प्रशासकीय अधिकृत) काे सम्पर्क नं ९८५४०४३२४० र ९८५११८१४८९ मा सम्पर्क गर्न पनि जानकारी दिएकाे छ ।