जिसस सोलुखुम्बुले १५ दिनको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय

बैशाख ०७

काठमाडौं । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख, उपप्रमुखलगायत सम्पूर्ण सदस्यहरुले आफूले प्राप्त गर्ने १५ दिनको सुविधा सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने भएका छन्।

जिल्ला समन्वय समिति प्रदेश नं. १ कार्य समितिको समन्वयमा प्रदेश नं. १ अन्तर्गत रहेका सबै जिल्ला समन्वय समितिका पादाधिकारीहरुले आफूले प्राप्त गर्ने मासिक सुविधामध्ये १५ दिनको हुन आउने रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय अनुसार जिसस सोलुखुम्बुले उक्त रकम उपलब्ध गराउने भएको हो ।

जिसस सोलुखुम्बुको प्रमुख वीरकुमार राईका अनुसार १५ दिन बराबरको सबै पदाधिकारीको पारिश्रमिक राष्ट्रिय वाणिज्य बैंक विराटनगर शामा रहेको कोरोना जन सुरक्षा कोषको खातामा जम्म गर्ने निर्णय भएको हो।