खिजी देम्बा गाउँपालिकाले अलपत्रमा परेकाहरुको उद्दार गर्ने

वैशाख, ०८

रामेछाप । ओखलढुङगाको खिजी देम्बा गाउँपालिकाले आफ्नो पालिकाका विभिन्न स्थानमा लकडाउनका कारण समस्यामा परेकाहरुलाई उद्दार गर्ने भएको छ ।

बन्दाबन्दीका कारण राजधानी लगाएत विभिन्न स्थानमा अलपत्र परेकाहरुलाई पालिकाले उद्दार गर्ने भएकोले तत्काल सम्पर्क गर्न अपिल जारी गरेको हो । कोरोना भाईरस संक्रमणबाट सबै सुरक्षित हुन आग्रह पनि सुचना मार्फत जानकारी गराएको छ ।

बन्दान्दीले पालिकामा आउन नपाएका र पालिकाबाट बाहि जान नपाएर अलपत्रमा परेकाहरुलाई सम्बन्धीत निकाएको पहलमा उद्दार तथा ब्यवस्थापन, राहातद्वारा सहयोग वितरणको काम गर्ने उल्लेख गरिएको छ ।