के पि ओलि “बोधिबृक्ष” हुन ,सानो तिनो हावाहुरीले समृद्द मुलुक बनाउने उनको सपना निभाउन सक्दैन

मुलुक यतिबेला कोरोना भाइरसको चपेटामा छ । सारा जनताहरु लकडाउनमा बसिरहेको बेला नेकपा भित्र कै केहि केहि लोबी-पापी समुहका मुट्ठी भरका खुरापाती पात्रहरुले पुर्ब माओवादी इतरका केहि बिसबृक्षहरु लाई भर्याङ बनाएर “यही बेला हो ओलिलाई अफ्ठ्यारो पारेर सत्तालाई आफ्नो मुट्ठिमा राख्ने” कुचेस्टाको खेल सुरु भइ भइरहेको हामी देख्न सक्छौ । सोमबारको मन्त्रिपरिषद बैठकमा दल विभाजनसम्बन्धी ऐनलाई परिवर्तन गर्न अध्यादेश रास्ट्रपती बाट जारी भए पछी  राजनीतिक बृतमा यसबारे बहस चुलिएको छ । पार्टीबाट कोही अलग हुन चाहेमा उक्त पक्षले संसदीय दल र केन्द्रिय समिति दुवैमा चालिस प्रतिशत पुऱ्याउनुपर्ने कानूनी ब्यवस्था थियो । संशोधित कानूनी व्यवस्थाअनुसार कुनै राजनीतिक दल विभाजन हुन पार्टीको केन्द्रिय समिति या संसदीय दलमध्ये कुनै एकमा चालिस प्रतिशत भए पुग्नेछ । कुरा यत्ती त हो । मन्त्रिपरिषद् बैठकले दलसम्बन्धी प्रस्ताव पारित गरेसँगै पूर्वमाओवादी निकटका केही मन्त्रीहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार दरवार पुगी “लौ न देवादीदेव अब बर्वादै भयो भन्दै दुरदुहाइ गर्न भ्याइ सके । 

भाइरसको माहामारी बिरुद्दको भिसण युद्द लडिरहेको सरकारलाई थप प्रोत्साहन गर्नुको सट्टा सत्तासिन दलकै अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन दिएर मैदानमा खटिएर सो माहामारी सँग जुद्द्नु पर्ने अवस्थामा जनताहरु पिरमर्कामा बसिरहेको बेलामा कहिले  ‘हबेली’ मा मासु पकाइरहेको फोटो सामाजिक सन्जालमा पोस्ट गर्ने खालको अपरिपक्क काम त कहिले “लकडाउनले गरीब जनता हरु  काठमाण्डौ छोडेर हिडेको दृस्यले आफ्नो भक्कानो फुटेको” जस्ता ‘पब्लिक सेन्टिमेण्ट’ पस्किएर मिडिया बाजी गरिरहेको आरोप नेकपा कार्यकर्ता पङ्ती बाटै सुनिन आएको छ ।

उता हाम्रा फुर्सदिला ट्वीटे अनि फेसबूके हरुलाई गतिलै मसला भएको छ, “नेकपा फुट्नै लाज्ञो” भनेर अनर्गल बेतुकको हल्ला भाइरल भएको देख्दा म चाही ‘अबुझता अनि बैद्दिक दरिद्रताको पराकास्ट‘  सिबाय  म चाही अरु देख्दिन । सो बिधेयक भित्रको अन्तर्ह्य के-के छन, अध्ययन नै नगरि केवल सामाजिक सन्जालमा उल्लेख भएको स्टाटस देखेकै भरमा गुदी कुरा नबुझी “मेन स्टृमिङ छोडी अरु काममा सरकार अल्मल्लिएको” भन्ने जस्ता सतही टिप्पणी देख्दा केवल त्यो अध्ययनको कमी बाहेक अरु केहि होइन । कार्यपालिका (सरकार) दैनिक रुपमा मुलुक सन्चालन गर्न धेरै काम-कुराहरु दिनानुदिन गर्नै पर्ने हुन्छ । हो, अहिले ल्याएको बिधेयक पनि दैनिक कार्यसन्चालन अनुसारको सरकारको नियमित काम हो । अनावस्यक सन्का गर्नु र रोइलो काट्नुको कुनै तुक छैन । बिश्व राजनितीको सास्वत सत्य हो कि, दलहरू कानूनले भन्दा बढि दर्शनमा आधारित सिद्धान्त, विचार, उद्देश्यसहितको संगठनात्मक तथा भावनात्मक प्रणालीमा एकताबद्ध भएका हुन्छन् । 
भाइरसको माहामारी बिरुद्दको भिसण युद्द लडिरहेको सरकारलाई थप प्रोत्साहन गर्नुको सट्टा सत्तासिन दलकै अध्यक्ष प्रचण्डले कार्यकर्तालाई निर्देशन दिएर मैदानमा खटिएर सो माहामारी सँग जुद्द्नु पर्ने अवस्थामा जनताहरु पिरमर्कामा बसिरहेको बेलामा कहिले  ‘हबेली’ मा मासु पकाइरहेको फोटो सामाजिक सन्जालमा पोस्ट गर्ने खालको अपरिपक्क काम त कहिले “लकडाउनले गरीब जनता हरु  काठमाण्डौ छोडेर हिडेको दृस्यले आफ्नो भक्कानो फुटेको” जस्ता ‘पब्लिक सेन्टिमेण्ट’ पस्किएर मिडिया बाजी गरिरहेको आरोप नेकपा कार्यकर्ता पङ्ती बाटै सुनिन आएको छ । जसले गर्दा पक्कै पनि ‘ओलि भन्दा बढ्ता आफु चाही गरीबहरुको अवस्थामा चिन्तित रहेको’ प्रचारमा रमाइरहेको आरोप लाग्ने गरेको देखिन्छ । कमरेड प्रचण्ड कै एक सामान्य कार्यकर्ता भएकोले मेरो एक सोधनी यो छ कि , के यो बेला त्यत्ती ठुलो पार्टी प्रमुखले गर्ने काम त्यही हो कमरेड ? हाल नेपालमा देखिइरहेको राजनैतिक तण्डव नृत्यको निर्देशक उनै कमरेड प्रचण्डको कै इसारामा “फुटाउ र राज गरौ” भन्ने मानसिकतामा रुमल्लिरहेका नियती नै हो भन्ने भान धेरैले बुझिसकेका छन । यस अघी शेर बहादुर देउवालाई काधमा उचालेर लास्टमा फेद काट्न चालेका कदम होस वा ओलि नेतृत्वको पहिलो सरकार गठन र बिघठनमा खेलेको खुरापाती भूमिकाको बारेमा जनता एबम कार्यकर्ताले लगाउदै आएका आरोप के कत्ती सत्य हुन वा होईनन त्यो सबैले मनन गरेकै छन । 

मुलुकले इतिहास मै सम्भवतः पहिलो पटक दुइ तिहाइ समर्थनको शक्तिशालि सरकार पाएको छ । ओलीले निर्वाचन अघी जारी गरेको घोशणापत्र अनुरुप जन चाहना अनुसार देश बिकाश गर्नका लागी आवास्यक पर्ने अपरिहार्य कानुनहरु एक पछी अर्को धमाधम निर्माण गरी बिकाश निर्माणको काम तिब्र गतिमा अगाडी बढिरहेको अवस्थामा सरकारलाई अरु ले त गरे गरे, तर आफ्नै भनाउदा हितैसी मित्रहरुले पनि उछिटो खनेको र बर्तमान सरकारलाई अफ्ठ्यारोमा पारेर असफल सिद्द गर्ने ध्याउन्नमा हाम्रा आफ्नै ठुला नेताज्युहरु दगुरिरहेको देख्दा सारा जगहसाइ भइरहेको कुरा यत्र तत्र सर्बत्र गसिप बनिरहेको छ ।

मुलुकले इतिहास मै सम्भवतः पहिलो पटक दुइ तिहाइ समर्थनको शक्तिशालि सरकार पाएको छ । ओलीले निर्वाचन अघी जारी गरेको घोशणापत्र अनुरुप जन चाहना अनुसार देश बिकाश गर्नका लागी आवास्यक पर्ने अपरिहार्य कानुनहरु एक पछी अर्को धमाधम निर्माण गरी बिकाश निर्माणको काम तिब्र गतिमा अगाडी बढिरहेको अवस्थामा सरकारलाई अरु ले त गरे गरे, तर आफ्नै भनाउदा हितैसी मित्रहरुले पनि उछिटो खनेको र बर्तमान सरकारलाई अफ्ठ्यारोमा पारेर असफल सिद्द गर्ने ध्याउन्नमा हाम्रा आफ्नै ठुला नेताज्युहरु दगुरिरहेको देख्दा सारा जगहसाइ भइरहेको कुरा यत्र तत्र सर्बत्र गसिप बनिरहेको छ । कमरेड प्रचण्डलाई कार्यकर्ताहरुले लगाउने आरोप मध्य पारिवारिक स्वार्थ मोहमा रास्ट्रबाट प्राप्त स्रोत साधन हरुको दोहन एकाघरका सदस्यहरुले मात्र गर्ने गरेको, कहिल्यै स्थिर हुन नसक्ने, बिचलित मानसिकता तथा ताली पाउने स्थानमा जे पनि बोल्ने र बोलीको टुङ्गो नहुने कुरालाई असत्य साबित गर्न र सो को प्रमाणित गराउन ब्यबहारिक रुप मै यानिकी एक्सनले नै साबित गर्नै पर्छ । किनकि तपाइ प्रती धेरै आशा र भरोसा गरेका छन जनता अनि हामी ।

कहिलेकाही लाग्छ , किन होला त्यत्ती ठुला कदका प्रचण्ड दिवालियापनमा रमाउन लागेको देख्दा केवल सदासयता प्रकट गर्न मन लाग्छ । सत्तामा बस्ने वा त्यसै इतरको खेलमा रमाइरहन मन लाग्ने स्वभाव हो वा खै कुन्नी उनले प्रत्यक महिना केहि न केहि नया गसिप  झिकेर भाइरल भइरहन मन लागेको देख्दा सारा जनमानसले कुरीकुरी भन्दैछन । कहिले नाययणकाजी कमरेडलाई उम्मेदवार बनाउनै पर्ने बखेडा त कहिले बैठक माइन्युटमा पहिलो हस्ताक्षर आफ्नै हुने गरी आफुलाई कार्यकारी अधिकार चाहियो भन्दै मिडियाबाजी त कहिले अब आफुलाई फेरी झट्टै प्र. म. हुन मन लागिसक्यो भनेर कोकोहोलो गर्छन । 
कुन कार्ड फाल्दा चाही आफु सबैभन्दा सुपरहिट एबम सुपर पावर बन्न सकिन्छ केवल त्यो मात्र ध्याउन्नमा तल्लिन हुने पुरानो स्वभावले गर्दा उनि आलोचनाको सिकार सधै भइरहन्छन । तर त्यो तिक्डम झिक्नु भन्दा पहिले ऊनी जस्तो चतुर राजनीतिक खेलाडीले पक्कै आफ्नो बिगत पृस्ठभुमी भुलेका छैनन जस्तो लाग्छ मलाई । मणी थापा, मोहन बैध्य, मातृका यादव , बिप्लब्, बाबुराम भट्टराइ लगाएत का मुख्य मुख्य नेताहरुले हजारौ लाखौ कार्यकर्ता आफु सँग लिएर उहालाई छोडेर गैसकेको बेला त्यो बेलामा केवल के पि ओलि ले नै हो ‘गालामा हात राखी’ “चिन्ता नगर्नुस्, तपाइ एक्लो हुनुहुन्न, हामी सङ्गै यात्रा गरौला” भनेर हात समाएर जगार तारिदिने । हिजो ओलीले हात समाएर खोला नतारिदिएको भए यत्ती बेला कमरेड प्रचण्ड कि त सि पि कमरेड जसरि बिरोधै मात्र गरी बस्थे होलान कि त एक्लो भइ चित्र के.सी. कमरेडले जसरि बेसुरमा बर्बाराइरहनु सिबाय अरु माथिल्लो अवस्था रहदैन थियो, हिजो उपरास्ट्रपती लाई निरन्तरता दिने काम देखि, सभामुख बनाउने सम्म अनि प्र. म. बन्न मन लागेको आशय देखी बामदेब कमरेडलाई प्रयोग गरी सरकारलाई कालन्तरमा बिघठन गर्नलाई माधब कमरेडलाई शक्तीको आसारुपी हरियो घास , जे.एन. कमरेडलाई रास्ट्रपती बनाइदिने लालिपप्, अनि सालौ साल सम्म पनि आफै शक्ती केन्द्र मै बसिरहने कुचेस्टाको दिवास्वप्न देख्न पो फेरी थाले कि जस्तो जिकिर यतिबेला भाइरल भइरहेको छ । 
हिजो माधब कमरेडलाई बिसबृक्ष उपमा दिएका प्रचण्ड कमरेडले एक अन्तर्वार्तामा भनेका थिए कि, मैले बिगत दश-बार्ह बर्स देखी आफुले चाहेको मान्छेलाई सरकार प्रमुख बनाए को हुँदा त्यो त आफ्नो बाया हातको खेल भनेर जुङा मुसार्दै गर्ब गर्दै पुक्क फुलेका थिए ।

के जनताको घर दैलोमा अझै पनि दात ङिच्च्याउदै जानु हामी ? हाम्रो स्कूलको हेड सर हो तपाइ, अब तपाइको स्कूलबाट हामी के सिक्ने अध्यक्ष कमरेड ?

यो ‘फुटाउ र राज गर’ भन्ने सदा-सर्बदाको फोहोरी खेलको क्याप्टेनले कोच गरेको उनिले सिकाएका राजनैतिक बिद्यालयबाट हामी बिद्यार्थीहरुले के सिक्नु ? उहाहरुले नै हो हामी कार्यकर्तालाई स्थिर सरकार निर्माणका लागी कम्युनिस्ट पार्टीमा भोट माग्न निर्वाचनमा अर्हाउनु / खटाउनु भएको । उहाहरु कै आदेशले नै हो हामी जनताका घर दैलोमा गएर हात जोड्दै “थिरताका खातिर हाम्रो पार्टीलाई भोट दिनुहोस्” भन्दै हिडेको तर अहिले २ साल नपुग्दै अनेक बखेडा निकालेर अस्थिरता निम्त्याउन अग्रसर भएको देख्दा आफ्नो मत र मन दिएर जिताएर पठाउने जनताहरुसँग कुन मुख लिएर जानु हामी ? यो प्रश्न को उत्तर हामी कार्यकर्तालाई चाहियो कमरेड । के जनताको घर दैलोमा अझै पनि दात ङिच्च्याउदै जानु हामी ? हाम्रो स्कूलको हेड सर हो तपाइ, अब तपाइको स्कूलबाट हामी के सिक्ने अध्यक्ष कमरेड ?  माधब कमरेड हाम्रै नेता हुन , बामदेब्, जे.एन., प्रचण्ड सबै हाम्रै नेता हुन तर नेताजी हरुको यस्तो दोधारे चरीत्रले हामिलाई निरुत्साहित बनाएको छ । उमेर बढी भएकै कारण तपाइ हरुले नेकपालाई यहाँ पुर्याउन पक्कै हामी भन्दा धेरै घामपानी खेप्नु भो होला तर हाम्रो आफ्नो उमेर अनुसार आफ्नो ठाउ बाट त्यो भन्दा कम खटिएको छैनौ हामी कार्यकर्ता हरु पनि, त्यसैले नेकपाको एक सच्चा कार्यकर्ताको नाताले मैले यस्ता प्रश्नको उत्तर माग्ने मेरो अधिकार सुरक्षित छ , उत्तर कसरी दिनुहुन्छ त्यो प्रतिक्षामा छु । 
उता हाम्रा अर्का हस्ती नेता माधव नेपाललाई अहिलेको बिचलित मानसिकता देख्दा कुरी कुरी भन्न मन लागेको छ । तत्कालिन नेकपा एमालेको १५ वर्षे महासचिवको विरासत सहित लगभग ५० साल भन्दा माथिको राजनीतिक जीवन विताउनु भएको हाम्रो नेता हो । हिजोका दिन फर्केर हेर्दा उनको २०५१ साल पछी तत्कालिन नेकपा एमालेको महासचिव, उपप्रधानमन्त्री र रक्षामन्त्री हुदा प्रचण्ड कमरेडको कद र हैसियत कहाँ थियो ? तपाइको नेतृत्वमा २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७० प्रतिशतभन्दा वढी स्थानमा विजयी हाँसील गर्ने क्षमता वोकेको माधब कमरेड अहिले प्रचण्डलाई नेता मानेर उहाँको भकुण्डोमा खेलीरहनु भएको देख्दा केवल सदासयता प्रकट गर्न मन लागेको छ ।  अनि अर्कातिर अस्टलक्ष्मी कमरेड होस वा भिम रावल कमरेडले सरकारको बिरोध गर्नु भनेको “अङ्गुर खान नपाए पछी अमिलो” भनेको भन्दा अरु कुनै तिक देखिन्न । स्मरण रहोस  के पि ओलि त्यो माटोमा उमृएका “बोधिबृक्ष” हुन जो सानो तिनो हावाहुरीले उनको समृद्द मुलुक बनाउने सपनाको दियोलाई कसैले निभाउन सक्दैन न त त्यो महान बृक्षलाई हल्लाउन नै सक्छ ।

उता हाम्रा अर्का हस्ती नेता माधव नेपाललाई अहिलेको बिचलित मानसिकता देख्दा कुरी कुरी भन्न मन लागेको छ । तत्कालिन नेकपा एमालेको १५ वर्षे महासचिवको विरासत सहित लगभग ५० साल भन्दा माथिको राजनीतिक जीवन विताउनु भएको हाम्रो नेता हो ।

एकिकरणको यत्रो समय बिति सक्यो, माथिल्लो सचिवालय देखी तल्लो वडा तह सम्मै सबै तहमा एकिकरण भएता पनि मन अझै एक हुन सकेको देखिदैन । जसरी तामाकोसी र सुनकोसी नदी खुर्कोट दोभान त्रीबेणीघाटमा मिसिनु पुर्ब आफ्नै-आफ्नै स्वरुपको देखिन्छ । तामाकोसी तामा जस्तै छ भने सुनकोसी सुन जस्तै रङको देखिन्छ तर जव दुबै नदी मिसिदै चतारा तिर पुग्छ, त्यसबेला आफ्नो पुरानो रङ छोडेर बिशाल सप्तकोसी बन्दछ । तर हाम्रो पार्टीले यत्तिका बिशाल बन्दा पनि त्यो पुरानै रुप यत्तीका दिन बितिसक्दा पनि छोड्न सकेनन । यसको एक मात्र कारण भनेको पानी धमिलो बनाएर माछा मार्ने अवसर कुरेर बसेका मछुवारा हरुको दरिद्र मनसिकताले गर्दा भएको हो । अझै पनि पूर्व माओबादीहरु पूर्व एमाले सँग हच्किने अनि पुर्ब एमालेहरु पुर्ब माओबादी सँग तर्किने साघुरो मानसिकता भनेको ‘जोगी देख्दा भैसी तर्सने, भैसी देख्दा जोगी तर्सिने’ जस्तै भएको छ ।

बिपक्षीहरुले त बिरोध गर्नु उनिहरुको धर्म नै होला तर आफ्ना भनाउदाहरु आफ्नो स्वार्थ पुरा नभए पछी बिरोध गर्नु र यसरि खेदो खन्नु भनेको त्यो असन्तोकी मानसिकता बाहेक अरु केहि होईन । जनमतको जगमा उभिएको नेकपाको सरकारविरुद्ध आफु भित्रका हरुवाटै हुन खोजेको घरेलु र वाहय षडयन्त्रहरुलाई चकनाचुर पार्दै देश र जनताका लागि नेकपाका कार्यकर्ता र आम जनमतको वलमा अत्यन्त प्रतिकुलताका वावजुद पनि नेकपाको अहिलेको नेतृत्व बोधिबृक्ष रुपी कमरेड खड्ग ओली एक्लै ठिङग एक्लै उभिन सक्छन । 
भनिन्छ सतिसाललाई बिशालु सापले बेरे पनि त्यो कहिल्यै बिशालु बन्दैन । बरु  साप कै बिश नै परिवर्तन गरिदिन सक्छ । जती घेराबन्दी र असफल गर्न खुरापाती प्रबृत्तीका केहि पात्र अहोरात्र छट्पटीका साथ लागीपरे पनि त्यो त्यान्द्रा लहराले कुनै लछार्पाटो लगाउन सक्ने छैन । यो कार्यकाल मात्र होईन अझै अर्को कार्यकाल पनि ओली कै खाचो छ देशलाई  सतिसाल झै ठिङ्ङ उभिने ओलि कमरेडको मन जस्तै शरिर पनि चाडै निको भएर बाकी अधुरा काम र  देखेको सुन्दर नेपाल निर्माणका सपना रुपी अघी सारेका “ड्रीम प्रोजेक्ट” को सफल कार्यान्वयन गरी सिद्ध गर्ने गर्नका के पी ओलीको अझै दिर्घकालिन नेतृत्वको आवस्यकता रहेको छ ।

स्मरण रहोस,  हिजो पारित अध्यादेशले नेकपाका पुर्ब माओवादी इतरका केहि मनुवाहरुको बेमौसमको उफ्र्याइ  त्यी ‘लोभिपापी मनका धनी खुरापातीहरुको ‘अङ्गुर खान नपाउदा अमिलो’ भन्ने निकृस्ट सोचाइ र केहि दिनको ‘फेसबूके वाही-वाही’ बाहेक आफै थच्किने सुनिस्चित छ


स्मरण रहोस,  हिजो पारित अध्यादेशले नेकपाका पुर्ब माओवादी इतरका केहि मनुवाहरुको बेमौसमको उफ्र्याइ  त्यी ‘लोभिपापी मनका धनी खुरापातीहरुको ‘अङ्गुर खान नपाउदा अमिलो’ भन्ने निकृस्ट सोचाइ र केहि दिनको ‘फेसबूके वाही-वाही’ बाहेक आफै थच्किने सुनिस्चित छ भने कालन्तरमा आफ्नै पिरोले चाउरेको मरिचको अवस्थामा पुग्ने निस्चित छ । कार्यपालिकाले गर्ने दैनिक काम हो त्यो, त्यसबाट हामी कोही पनि अलिकती पनि आत्तीनै पर्दैन तर यो चाही म दावाका साथ भन्छु कि, कसैलाई सत्ता बाहिर हुँदा छटपटी भएको भए, कसैलाई रहर लाग्दैमा उनिहरुको छटपटाहटमा पार्टी बिभाजन हुँदैन ।  बिसाल पार्टीमा धेरै बिकल्प छन समस्या सामाधानको । यसरि सामाजिक सन्जालमा त्”यो भन्दा त म नै जाती” भन्ने दरिद्र मानसिकता त्यागेर एकाध बाकी भए छलफलबाट नै बिवादको निराकरण गर्न सक्नु नै आजको आवस्यकता हो । नत्र कार्यकर्ता पनि चुप लागेर बस्ने वाला छैनन । खुरापाती महोदय हरुलाई बेलैमा चेतना भया ।


निर्मल घिमिरे, हरिवन सर्लाही, हाल जापान