नवजागरण बचत तथा ऋण सहकारी संस्थाले ऋणिहरुको ३ महिनाको ब्याज छुट दिने

वैशाख,०९,

रामेछाप । रामेछापको मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्याज छुट दिने भएको छ ।

कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनका कारण नियमीत ब्याज भुक्तानी गरि रहेका ऋणिहरुको ३ महिनाको ब्याजमा २० प्रतिशत छुट दिने निर्णय संचालक समितिले गरेको हो ।

सुचना

सहकारीले गएको चैत महिनादेखी जेठ मसान्त सम्मको ब्याज छुट दिएको हो ।
तर ऋणिले नियामीत रुपमा मासिक किस्ता भने बुझाउनु पर्ने नवजागरणको सुचनामा उल्लेख गरिएको छ ।

सहकारी जिल्लामा सक्रिय रुमपका स्थानियहरुलाइ सहयोग गर्दै आइरहेको छ ।
साथै कार्यालय पनि नियमीत रुपमा बिहान २ घण्टा खुल्ला हुने उल्लेख गरिएको छ ।