पूर्व विद्यार्थीले सांस्कारीक र प्रयोगात्मक शिक्षा अनि सामाजिक तत्वको व्यवस्थापनमा योगदान पुर्याउन सक्छ ।

         विद्यार्थी जिबन महत्वपूर्ण मानिन्छ। अझ भन्ने हो भने स्कुलले जीवन त सम्झदा कहालीलाग्दो नै हुन्छ। साउनको भेल भनौं भेल होइन, चैत्र बैशाख को खडेरी भनौ खडेरी होइन, खै कस्तो कस्तो ?

निम्न माध्यमिक तह खण्डेश्वर नि.मा.बि मा उत्तीर्ण गरि नौ माध्यमिक शिक्षा आर्जनको लागी झन्डै  डेढ घण्टाको बाटो शारदा माध्यमिक बिधालय पुगे। म मात्र होइन त्यस बिद्यालयमा अन्यत्र बाट पनि निम्न माध्यमिक पास गरि आउनेको संख्या ठुलै थियो। तत्कालीन गा.वि.स. भरिकै एउटा मात्र माध्यमिक विद्यालय थियो। त्यती टाढा जाने रहर भन्दा नि सबैको बाध्यता थियो। १८/ २० जना पढेको त्यहाँ १ सय चार  जनाको हुलमा बस्दा कता कता फिलिम हल छिरेको महसुस नभएको होइन। बानी पर्न थाल्यो । त्यहाँ त राजनीति संगठन पनि रहेछ। बिद्यार्थी संगठनमा आबद्ध हुन पाउने , बाल क्लबमा आबद्ध हुन पाउने, त्यती मात्र होइन जुनियर रेडक्रस पनि रहेछ, समितिमा बसेर काम गर्न पाउने। मलाई राजनीति भन्दा जुनियर रेडक्रसको खुब लोभ लाग्यो ।फलस्वरुप जुनियर रेडक्रसको सचिवमा निर्वाचित भएर काम गर्न पाए। यस्तै नयाँ नयाँ गतिविधिमा नौ कक्षा सकियो। १० मा पुगे पछि बुझेर भन्दा नि लहै लहैमा लागेर राजनीति संगठनमा पनि प्रमुख भएर बसे । कहिले झगडा कहिले प्रतिस्पर्धामा नै स्कुलले जीवन सकियो। नचाहँदा नचाहँदै बिद्यालय छाड्नु पर्ने दिन आयो।

यस्तै कुरालाई मध्यनजर गर्दै हामिले बिद्यालय को पहिचान र बिद्यार्थी परिचय गर्ने उदेश्य ले पुर्ब बिद्यार्थी समाज निर्माण गर्ने जमर्को गर्यौ। मेरो विचारमा सबै बिद्यालयमा पूर्ब बिद्यार्थी समाज संस्था खोल्न जरुरत छ। जसले गर्दा साथिभाइ भेट्ने अबसर हुन्छ।

स्कुल चलाउने हात ब्यवस्थापन को हुन्छ भन्ने कुरालाई म मुख्य ठान्दछु। २०६६ सालमा बौद्धिक मानिस ब्यवस्थापन समितिमा चुनिनु भयो प्रखर ब्यक्ती कृष्ण हरि अधिकारी – मा.वि., युवा उजागर ब्यक्ती नि.मा.वि. का अध्यक्ष रोशन खत्री भने प्रा.वि.का गणेश बोहरा हुनुभयो । जसले गर्दा एस.एल.सि. को सेन्टर बिद्यालयमै राख्नु भएको थियो। 

                 यस बिद्यालयबाट २०५२ सालमा पहिलो ब्याचले एस.एल .सि. दिनु भएको रे । जब कि म जन्मेको बर्ष धेरैको बिद्यालयमा योग्दान छ । म त्यसको खोजी गर्ने छु। म पढेको बिद्यालय परिवर्तन अबश्य भयो होला भन्ने लागेको थियो।

           परिवर्तन भए छ, केबल ध्रुव भण्डारी सरको मुस्कान मा तेज आए छ। शुशिल सरको कपाल फुल्दा पनि उतिकै जोस छ, शुम्भु सरले अवकास पाउनु भएछ। आफ्नै हातहरुले निर्माण गरेको मन्दिर भत्किएछ। तराई वासी शिक्षक सरुवा जानु भएछ। ठुला ठुला भवन बनेछ्न्। प्रेमिले लेखेको चिठी लुकाउन नसकी झ्याल बाट बाहिर फ्यालेको टुक्रा पानीले भिजाएछ।  त्यी भत्केका भवन हरुले १० औं हजार बिद्यार्थी उत्पादन गर्यो अस्ट्रेलिया अमेरिका हुदै खाडीमा पसिना बगाएका छन । यता सिपाहि देखी अधिकृत सम्म पनि भएकाछन।

तर संस्थामा राजनीति गर्ने मनोसाय भए संस्था पाटीकै भातृत्व जस्तो पर्न जान्छ। पूर्व विद्यार्थी मात्र त्यस्तो पुल हो जसले सांस्कारीक र प्रयोगात्मक शिक्षा अनि सामाजिक तत्वको व्यवस्थापनमा ठुलो योगदान पुर्याउन सक्छ ।

     यस्तै कुरालाई मध्यनजर गर्दै हामिले बिद्यालय को पहिचान र बिद्यार्थी परिचय गर्ने उदेश्य ले पुर्ब बिद्यार्थी समाज निर्माण गर्ने जमर्को गर्यौ। मेरो विचारमा सबै बिद्यालयमा पूर्ब बिद्यार्थी समाज संस्था खोल्न जरुरत छ। जसले गर्दा साथिभाइ भेट्ने अबसर हुन्छ।

              साथीहरू भेट्ने र भेटाउने जमर्को साथ भाइ सुवास खत्री र मैले चिया खाने भनेर एउटा सानो भेला बोलाएको ७५ चैत्र २ गते ।  उत्त भेला सानो थियो तर त्यस भेलाले कार्यसमिति चयन गर्ने तटस्थ समिती निर्माण गर्यो जसमा सचिब म आफै थिए। जुन तटस्थ समितिले ७६ बैशाख ८ गते नयाँ समिती चयन गर्यो जसमा अत्यधिक बौद्धिक ब्यक्ती श्याम काजी खत्री अध्यक्ष बने । जनार्दन कार्की महासचिव, कृष्ण हरि बुढाथोकी सल्लाहकार संयोजक, भुपाल मुलामी सल्लाहकार सचिब सहित म सल्लाहकार सदस्य लगायत २१ जनाएको कार्यसमिति गठन भइ संस्थाले पुर्णता पायो।  १ बर्षको अबधिमा भएका कामहरू ज्यादै राम्रा र बिद्यालय र समाजमा प्रशंसनिय छन। समाजले बिद्यार्थी सग अन्तरक्रिया कार्यक्रम गरेको देखिन्छ । कहिले शिक्षकलाइ परामर्श, कहिले बिद्यार्थी लाइ हौसला होस भन्नको निमित्त उत्कृष्ट बिद्यार्थी लाइ पुरस्कृत गरेका छन।

साहित्य समाज सँग मिलेर पनि थुप्रै कार्यक्रम गरेका छन भने,  बिद्यालय लाइ लाइब्रेरी निर्माण भनेर पनि साहित्य समाज बाट आर्थिक सहयोग लिइ सकेका छन । लगडाउन भएर धेरै काम रोकिएको प्रस्ट छ। उदेश्य हेर्ने हो भने सगरमाथा भन्दा ठुलो छ । जसमा बस्नेहरु संस्था भित्र रहेर राजनिती गर्दैनन । यो हो कि संस्था सामाजिक बनाउन चहान्छ्न। मलाई लाग्छ संस्था सुदृढ हुने मुख्य कारण संस्थामा रहेका पदाधिकारी आलोचना सहन सक्ने खालका छन। साथीहरू एकजुट गराउने उदेश्यले बनभोज कार्यक्रम पनि आयोजना गर्नु भएको थियो। तर बिश्व संकटमा परेकोले कार्यक्रम हुन सकेन। अक्षयकोष निर्माण गरेपछि आफु पढेको बिद्यालय मा प्रतिबद्धता गर्नेहरु ठुलै संख्यामा देखिन्छ। अहिले रहनु भएको प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठ देखि मन्थली नगर उपप्रमुख हुदै शिक्षा समिति म.न .पा. को शिक्षा अधिकृत पनि शारदा माध्यमिक बिद्यालयका पूर्ब बिद्यार्थी हुन।

       मलाई लाग्छ अब रामेछाप जिल्लाभर सबै बिद्यालयमा पूर्ब विद्यार्थी समाज गठन हुन्छ र बिभिन्न बिद्यालयमा रहने कार्यक्रममा समाजको भुमिका प्रबल रहन्छ। जसमा सामाजिक ब्यक्तिहरु मात्र हुन्छ्न यो राजनीतिले उठ्न नसकेको समाज अब पूर्ब बिद्यार्थी समाजले केहि सहजीकरण गर्ला। तर संस्थामा राजनीति गर्ने मनोसाय भए संस्था पाटीकै भातृत्व जस्तो पर्न जान्छ। पूर्व विद्यार्थी मात्र त्यस्तो पुल हो जसले सांस्कारीक र प्रयोगात्मक शिक्षा अनि सामाजिक तत्वको व्यवस्थापनमा ठुलो योगदान पुर्याउन सक्छ ।