रामेछापमा १ सय ५५ जनाको रिपोर्ट नेगेटिभ,

वैशाख ०९,

रामेछाप । रामेछाप जिल्लामा सोमबार गरिएको र्यापिड टेष्ट रिपोर्ट सबै नेगेटिभ आएको छ । जिल्लामा गएको मंगलबार सम्म १ सय ५५ जनाको ¥यापिट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

सोमबार जिल्लाका विभिन्न स्थानमा गरि १२ जनाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभएको छ ।