रामेछाप र गोकुल गंगाले दिर्घ रोगीहरुलाई औषधी उपलब्ध गराउने

बैशाख ०९

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका र गोकुल गंगा गाउँपालिकाले दिर्घरोगिहरुलाई नियमीत औषधी उपलब्धी गराउने भएका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण औषधी सकियर समस्यामा परेको औल्याउदै नगर र गाउँपालिकाले औषधी उपलब्ध गर्ने निर्णय गरेका हुन ।

नगर र गाउँपालिकाले नियमीतरुपमा प्रेसर, सुगर, मुटुरोग, दम, क्यान्सर, लगाएतका औषधी उपलब्ध गराउने भएका हुन ।

बन्दाबन्दीले औषधी अभाव हुदै गएकोले त्यसता नागरिकको लागी नगरपालीका र गाउँपालीकाले औषधी उपलब्ध गराउने निर्णय गरेका रामेछापका नगर प्रमुख नर बहादुर थापामगर र गोकुल गुंगा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रसाद सुवेदीले बताउनुभयो ।