कांग्रेसले साना दलसँग छलफल गर्दै, सरकारले ल्याएको अध्यादेशविरुद्ध रणनीति तय गरिने

बैशाख, १०

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार बाहिर रहेका साना दलहरुसँग छलफल गर्दै छ ।

सोमबार सरकारले ल्याएका दुई अध्यादेशको विरोधमा एकमत बनाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले साना दलसँग छलफल गर्न लागेको हो ।

सरकारले संसद नरहेको बेला ल्याएको अध्यादेश लोकतन्त्र विरोधी भएको ठहर गर्दै कांग्रेसले यसअघि नै तत्काल फिर्ता लिन माग गरेको हो ।

हिजो सभपति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा कांग्रेसले सरकारले ल्याएको अध्यादेशले संविधानको ठाडो उल्लंघन गरेको र लोकतन्त्रको मूल्य मान्यता विपरित रहेको ठहर गरेको छ ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।

यो समाचार imagekhabar ले लेखेको छ ।