नाम मात्रै राहत

बिहानै घास काट्न खेत गएको थिए । घासँको डोको भरिन लागेको थियो । बुबाले बोलाउनुभयो । माइली घासँ कति काटिस् लिएर आइज । घासँको भारी पुग्न लागेको थियो । त्यतिनै लिएर घर गए । बाबाले मजदुरी गर्नुहुन्छ । आमा घरको काम गर्नुहुन्छ । यो लकडाउनले गर्दा बाबा मजदुरी गर्न जान पाउनु भएको छैन । बाबाले आमालाइ घरायसी काममा सघाउनुहुन्छ ।


यतिबेला गाउँघरमा दशै आएको अनुभव भएको छ । सहरमा बस्ने सबै गाउँ आएकाछन । तर यतिबेला हाम्रो परिवार निकै चिन्तामा छ । घरमा धानको भकारीले भूई छोई सक्यो । बुईकलमा राखेको मकैको थुप्रो कुनामा धुमधुमती एक्लै बसेको छ । कोदोले पनि बिदा मागि सक्यो । हुन त ६ महिना राम्रो सँग खान नपुग्ने खेतिले दिने साथ यति नै त हो ।

खाने सामलको निधो छैन । विश्वमा हैकम जमाई रहेको कोरोना भाईरसको लागि लगाईएको लकडाउनको कारण बाबाले मजदुरी गर्न पाउनुभएको छैन । हामी गरिव बिहान ,बेलुका छाक टार्नको लागी परिश्रम गर्नै पर्छ । तर यतिबेला न बाबाको काम नभएकोले मुखमा माड लाग्न हम्मेहम्मे छ ।

बाबाले भन्नुभयो । माइली त लिन जा म यहा बाख्रा चराउछु । आमा मकै गोड्न गएकीछे । हुन्छ बाबा भनेँ । चामलको भात खान पाइने भयो भन्ने आस बोकेर वडामा गए । त्यहा सबैले राहत थापिरहेका थिए ।

डोकोको घाँस भन्दा भारी मन बनाएर घास बोक्दै घर पुगेँ । आज वडामा राहत बाड्दैछ रे – बाबाले भन्नुभयो । माइली त लिन जा म यहा बाख्रा चराउछु । आमा मकै गोड्न गएकीछे । हुन्छ बाबा भनेँ । चामलको भात खान पाइने भयो भन्ने आस बोकेर वडामा गए । त्यहा सबैले राहत थापिरहेका थिए । म पनि लाइनमै बसे ।


जसको धेरै धनसम्पती छ । महल छ । खेतबारी छ । छोराछोरी जागिरे छन उनीहरुनै राहत थाप्न हतारहतार गर्दै थिए । राहत वडाका धनिबर्ग सबैले पाए । म र म जस्तो गरिब आमाबुबाले राहत पाउनु भएन । तातो घाममा हिडेर टाढा देखी आउनुभएको बुढा बाबा आमाले राहत पाउनुभएन । मैले सोधे । हामीलाइ चामल आउदैन ? राहत बाढ्ने वडाको जवाफ थियो – राहत सकियो । अब आउदैन । आखिर जेजे भए पनि राहत गरिबलाइ होइन धनिलाइ नै नपुग्ने रहेछ । खल्लो मन बनाएर फर्किए चामलको भात खाने सपना तुहाँउदै घर फर्किए ।

राहत वडाका धनिबर्ग सबैले पाए । म र म जस्तो गरिब आमाबुबाले राहत पाउनु भएन । तातो घाममा हिडेर टाढा देखी आउनुभएको बुढा बाबा आमाले राहत पाउनुभएन ।

कथाकार : अनिता थापा मगर