पुरानागाउँका नागरिकहरुलाई खाना, खाजासहित काठमाडौंबाट निशुल्क यातायातमार्फत उद्दार गरिने

बैशाख १०,

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँका नागरिकहरूले लकडाउनका कारण काठमाण्डौमै कष्टकर दिन बिताउन नपर्ने भएको छ ।

लकडाउनका कारण काठमाण्डौमा कष्टकर दिन बिताई रहेका पुरानागाउँका नागरिकहरुले आफूले भाडा नतिरि घर फर्कन पाउने भएका छन् । मन्थली नगरपालिका वडा नंबर ९ निवासी राम बहादुर पुलामी मगर (बाजे) ले आर्थिक सहयोग गर्नु हुने भएको छ ।


आफै ईराकको कुर्दिस्तान सुलेमानियामा रहनु भएको उहाँले आफ्नो वडा वासीलाई परेको यो दुः खमा साथ दिन पाउँदा आफू नेपालमै भएको महशुस गरेको बताउनुभयो ।

उहाँले भन्नु भयो –“मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँका काठमाण्डौबाट घर फर्कन चाहने पिडित पुरानागाउँ वासीको काठमाण्डौ देखि घर जाने भाडा म तिरिदिनेछु जनता भ्वाईसंग भन्नुभयो ।

“ मन्थली नगरपालिका वडा नंबर ९ का वडा अध्यक्ष बुद्धि बहादुर पुलामी मगर तथा वडाका जन प्रतिनिधिहरूको सहजीकरण तथा समन्वयनमा राम बहादुर पुलामी मगर (बाजे) ले यो सहयोग गर्न लाग्नु भएको हो ।


बाटोका लागि खाना खाजाको व्यवस्था भने होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य, काभ्रे जेसिसका उपाध्यक्ष, बाङ्गेसल्ला नेवाः समाजका अध्यक्ष समेत रहनु भएका भी.आई.पी. थकाली रेष्टुरेन्ट बनेपाका प्रोपाईटर कृष्ण कुमार श्रेष्ठ र नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश बादेले सहयोग गर्नु हुने भएको छ ।


लकडाउनका कारण सबै होटल बन्द हुँदा पनि पुरानागाउँका नागरिकले भोकभोकै यात्रा गर्न नपरोस् भनि यो व्यवस्था गर्न लागेको श्रेष्ठले जानकारी दिनु भयो । अफ्ठ्यारो बेलामा आफुले सकेको सहयोग गर्न सँधै तयार रहने श्रेष्ठले बताउनु भयो ।