सवारी दुर्घटनामा परि सिन्धुलीमा एकको मृत्यु

बैशाख १०,सम्झना श्रेष्ठ


सिन्धुली । सिन्धुलीमा बस र मोटरसाइकल ठोक्कीदाँ एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका वडा नं. ७ माझिटारका २३ वर्षिय हिरा बहादुर रिजालको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

कमलामाई नगरपालिका वडा नं. ८ माईस्थान करकरे स्थित बि.पी. राजमार्गमा सिन्धुलीबाट भिमान तर्फ हिँडेको बा ७९ प ७१८८ नं.को मोटरसाइकल र बिपरित दिशाबाट आउँँदै गरेको बा ४ ख ५७७७ न.को बस ठोक्किएको थियो ।

घाइते रिजाललाई उपचारका लागि सिन्धुली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।