१९ एसपी एस एस पीमा बढुवा सिफारिस (सूची हेर्नुहाेस्)

बैशाख १०

काठमाण्डाै । गृह मन्त्रालयलले १९ जना एसपी (प्रहरी उपरीक्षक) लाई एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) मा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो ।

गृह मन्त्रालयका अनुसार वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंहलाई एसएसपीमा सिफारिस गरिएको छ ।

यसैगरी सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङलाई पनि एसएसपीमा सिफारिस गरिएको छ ।

यो समाचार ujyaaloonline ले लेखेको छ ।