उमाकुण्डमा प्रवेश गर्न अब यस्तो शर्त लागु

वैशाख,११,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले गाउँ प्रवेश गर्नेहरुका लागि शर्त राखेको छ । काठमाण्डौ लगाएत देशको विभिन्न स्थानमा लकडाउनको कारण समस्यामा परि अलपत्र परेका नागरीकहरूलाइ उद्दार गरि गाउँ ल्याउने काम रातारात विभिन्न निकायको पहलमा चलि रहेको छ ।

यसरी उद्दार गरि ल्याउदा बाहिरबाट आएका नागरिकहरुसगै गाउँमा अरु पनि समस्यामा पर्ने जोखिम बढेपछि पालिकाले शर्त अघि सारेको हो ।

काठमाण्डौबाट आउनेहरु हजारौंको भिडबाट आएका छन् । भिडबाट हुन सक्ने संक्रमण र संक्रमित स्थानबाट गाउँपालिका प्रवेश गर्ने नागरीकहरूले सतर्कता अपनाउन अपलि गर्दै पालिकाले गाउँ प्रवेश गर्ने सबैमा पालिकाको वडा नं ७ को विमिरे, वडा नं ६ को कालोचौतारा, वडा नं ४ को सिंगटी र वडा नं २ को देउरालीमा स्थापना गरेको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परिक्षण गराउन थालेको हो ।

साथै पालिकाले कम्तिमा १४ दिन सम्म होम क्वारेन्टाइनमा सुरक्षित साथ बस्न, घर परिवार र छरछिमेकीको सम्पर्कमा नगइदिन, कुनैपनि स्वास्थ्य समस्या देखापरेमा हेल्थ डेस्क, स्वास्थ्य संस्थाहरू र गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न अनुरोध गरको हो ।

पालिकाले कोरोना भाइरस संक्रमणबाट आफ पनि जोगि र अरुलाई पनि जोगाउन पनि उच्च सर्तकता अप्नाउन आमनागरिकहरुका सचेत गराएको छ ।