कतार सरकारले गर्यो १७ नेपालीलाइ आममाफी,प्रधानमन्त्री ओलीद्वारा धन्वाद

बैशाख ११ ,
काठमाण्डौ । कतारको बन्दीगृहमा रहेका १७ जना नेपाली श्रमिकले आममाफी पाएका छन् ।

कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर केही कैदीहरुलाई आमामाफीको घोषणा सर्वजनिक गरेका थिए । जसअन्तर्गत बन्दीगृहमा रहेका १७ नेपाली नागरिक पनि रिहा भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

रिहा हुनेमा १३ जना लागूऔषध कारोबार, २ जना चोरी, १ जना रक्सी सेवन र अर्का १ जना ठगीको कसुरमा सजाय भोगिरहेका थिए ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले कतरका प्रधानमन्त्रीसँग फोन संवाद गर्नुभएको छ । ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेंको टुविटमा उल्लेख गर्नुभएको छ ।कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो छ । ओलीले विभिन्न आरोपमा गिरफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद दिनुभएको छ ।