” म कस्तो आमा हुँ “

काठमाडौ बसेको त धेरै भयो । तर जब दुई छोरा भए त्यस पछि घरबेटीले केही नभनेको भए पनि आफैं अन्त डेरा खोजेर बसेको पनि तीन वर्ष पुग्न लागि सकेछ । एउटा अफिसमा सानो तिनो काम गरेर दुई छोरा सरकारी स्कुल पढाउँन र तीन पेट पाल्न तीन जिउँ ढाक्न मलाई त्यत्ती सहज थिएन् । रंगीन शहरमा सादा जिन्दगी जिउँन हरदिन आफ्ना रहर र सपना सपनामै सिमित पार्दै थिएँ । छोराहरुलाई सकेसम्म गाँस , बाँस , कपास र शिक्षाबाट वन्चित गर्नु नपरोस । शहरका हरेक राम्रा दृश्य आँखामा कैद गर्थें र सम्झन्थें भोलि छोराहरुले पढे पछि यस्तै प्रगती गर्ने छन । सपिङ्ग महल भित्र अविभावकले आफ्ना बच्चाको औंला च्याप्दै सामान रोजाएर किनेको देख्दा हृदय भित्र झरी पर्थों , औंसी जस्तै हुन्थों मन गरिबी भन्दा ठूलो रोग हुन्न जस्तै लाग्थो । अनि फेरि आफैंलाई समाल्थें स्नेह भन्दा ठूलो , आत्मियता भन्दा ठूलो पैसा हैन । यस्तै अनेक कल्पना भित्रका सुख्खा सपनामा म दिउँसै देखि रहन्थें । धन भन्नू नै यिनै दुई छोरा । दायाँबायाँ सुताएर दुई छोराको जिउँबाट निस्कने मीठो सुगन्धले रात भर स्वर्गको आभाष सजिल्यै गर्न सक्थें कि म जस्तो भाग्यमानी आमा यो संसारमा कति नै होला र ? अहँ जवाफ कसैले दिदैन थियो । किनकि अरुले प्रश्न बुझ्ने कुरै थिएन जवाफ त किन हुन्थो र झन ।

टुलुटुलु हेरेर आँसु वर्षाउन शिवाय केही गर्न नसक्ने भएका छन । एउटा प्रखर तस्बिर भित्तामा श्रद्धाञ्जलीको माला भिरेर आँखा नझिम्क्याई आफ्नी छोरी नियाली छ ।बोल्दैन तर हरेक कुराको हिसाब किताब गर्छ तस्बिर रुवाउँछ तर रुदैँन । दुखाउँछ अनि तस्वीर दुख्छ कि दुख्दैन खै ? थाहा छैन ।


दुई छोरा खेलेको देख्दा कुकुरका छाउँरा माउँ सँग लुटुपुट गरे झैँ लाग्छ । एउटा मेरो गाला तान्ने अर्को कपाल बाट्ने के – के गर्छन गर्छन चलाएर जिस्क्याएर हैरानै बनाउँछन ।
मैले सम्पत्ति दिन त सकिन तर माया दिएँको छु भनेर म मख्ख पर्छु ।
आफुँले नपाएको मातृत्वको आभाष पनि भर्खर लिन थालेको छु ।मेरि आमा मै हुँ यिनिहरु मँ हुँ जस्तो लाग्थो च्याप्प पारेर निरोर्न मन लाग्छ र गर्छु पनि त्यसै तर स्नेहले , ममताले । घरबेटी बा घरको भाडा पाए पछि ढुक्कसँग बस्नु नि । बेलाबेलामा मेरो कोठामा आएर ” यी बाबुहरुको बाबा खोइ नानी पाँच वर्ष भयो तिमी यहाँ बसेको कहिल्यै पनि तिम्रो श्रीमान आएको देख्दिन । अनि तिमी चाडबाडमा घर पनि जाँदिनौ तिम्रो घर छैन ? ” यस्ता अनेक प्रश्न सोधिरहन्थें । मैले धमिलो मन पार्दै बाहिर जानू भएको छ आउँनु भएको छैन भनिदिएँ । फेरि भन्छन ” अनि कैले कैले गाउँ जानू नि ? “
म ” गाउँ शहर जे भनेनी मेरा यी दुई छोरा नै हुन बुवा मेरो जाँने ठाउँ नै छैन ।”

यस्तो लाग्न थाल्यो बच्चिको हातल देखेर माया त दिएको छु स्नेह दिएको छु तर आफ्नी आमाको आभाष जबसम्म दुध चुस्न पाउँदिन बच्चिले तबसम्म आमाको कमि हुन्छ जस्तो लाग्यो ।


घरबेटी बा ” कत्ती सानो उमेरमा बिवाहा गरेको त ? तिम्रो त भर्खर बिवाहा गर्ने बेला भए जस्तो देखिन्छ छोरा नै यत्ती ठुला भै सकेछन ।
घरबेटी बा के सम्झन्थें मलाई थाहा छैन गफै गफमा एक कप चियामा अनेक कप गफ गर्थे ।
घरबेटी बा ” यत्तिको सरल र ज्ञानी नारी पाउँने पुरुष त भाग्यमानी हुनु पर्ने किन यसरी छुटेर बस्नु परेको यो नानिले ?
जवाफमा मेरो मौनता बाहेक केही पाउँदैन्न थिए बाले ।
घरबेटी आमा नि बेलाबेलामा मेरो कोठामा गफ गर्न छिर्नु हुन्थों । खै कोठा बस्नेहरु त धेरै थिए त्यो घरमा अनि तड्कभड्क साथ आधुनिक पारामा जिउँनेहरु पनि थिए । म त सामान्य मजदुरको जस्तो जिन्दगी टाँलेर सिएर जिउँने मान्छे त्यत्रो घरको मालिक मालिक्नी किन मेरै कोठामा आउँनु हुन्थों थाहा छैन मलाई मायाले हो कि गरिब देखेर हो कि ?

जसरी जे सोचेर आए पनि मित्रता मिठो हुँदै गएको थियो ।
घरबेटिको छोरो डाक्टर पढन बाहिर गएको रैछ । फर्किए पछि भब्य तरिकाले बिवाहा गरे नव दम्पति हेर्दा यस्तो लाग्थो कि संसारमा यो जोडि भन्दा सुन्दर अरु केही चिज नै छैन । हेर्दा पनि डाह लाग्ने सौन्दर्यता अनि मिलन त्यस्तै । समय बित्दै गयो उनिहरु पनि म सँग नजिकिदै गए । दुबै जना जागिर गर्थे । सँगै आउँने जाने । यस्तै क्रम चलिरहेको थियो । दुनियाँका श्रीमती बचाउँन सक्ने डाक्टरले डेलिभरी केशमा आफ्नै अर्धाङ्गिनी बचाउँन सक्नु भएन । दुखको कुरा बच्ची मात्र बाँची ।त्यो परिवारमा कालोदिनको सुरुवात भयो । एकाएक संचित खुसिहरु जलेर गए । सपनाहरु मृत्यु शैयामा चढेर घाट गए ।आमाले बच्चा छोडेर गईन । बच्चा आमा छोडेर बसिन ।

दुनियाँका श्रीमती बचाउँन सक्ने डाक्टरले डेलिभरी केशमा आफ्नै अर्धाङ्गिनी बचाउँन सक्नु भएन । दुखको कुरा बच्ची मात्र बाँची ।त्यो परिवारमा कालोदिनको सुरुवात भयो । एकाएक संचित खुसिहरु जलेर गए ।

एउटा मजबुत संरचना गर्ल्यामघुर्लुम ढल्यो । बच्चिको स्याहारसुसारमा सके जति सहयोग गरेँ । उनिहरु पीडाले अशक्त भएका छन । टुलुटुलु हेरेर आँसु वर्षाउन शिवाय केही गर्न नसक्ने भएका छन । एउटा प्रखर तस्बिर भित्तामा श्रद्धाञ्जलीको माला भिरेर आँखा नझिम्क्याई आफ्नी छोरी नियाली छ ।
बोल्दैन तर हरेक कुराको हिसाब किताब गर्छ तस्बिर रुवाउँछ तर रुदैँन । दुखाउँछ अनि तस्वीर दुख्छ कि दुख्दैन खै ? थाहा छैन ।

आफुले नपाएको माया त्यो नानिलाई दिन सकेर खुसी थिएँ । छोराहरु उस्तै खुसी थिए बैनीको आगमनले । एउटा कोठामा सिमित भएर बसेको भए पनि गरिबी भित्र पौडिएको भए पनि मन प्रफुल्ल थियो ।


यस्तो लाग्न थाल्यो बच्चिको हातल देखेर माया त दिएको छु स्नेह दिएको छु तर आफ्नी आमाको आभाष जबसम्म दुध चुस्न पाउँदिन बच्चिले तबसम्म आमाको कमि हुन्छ जस्तो लाग्यो । अब दुध चुसाउ बरु नआए आउँदैन उस्को दुध खान पाउँने अधिकारबाट त बन्चित नहोस । हिम्मत गरेँ उनिहरुको कोठामा त सकिन तर आफ्नो कोठामा ल्याएर दुध चुसाउँन थाले आजभोली गर्दै दूध तानिरही नानिले म खुसिले उथलपुथल भएँ । आँसु आयो । र पनि त्यसैमा खुसी थिएँ । माइती पक्ष रोएर बेहोस थिए । आउँन नसक्ने तर पनि बच्चा लान्छौ भन्थे । घर पक्षले अहिले नदिने हामी दुबै पक्षको चिनो यत्ती हो अब हजुरहरुसँग छोरी छैन । हामिसँग बुहारी छैन । हजुरहरुले एक पटक छोरी हुर्काउने सौभाग्य पाउँनु भएको छ अन हामिलाई दिनुस भनेर बच्ची ल्याइएको हो ।
काममा जान पनि सकिन केही दिन त्यै नानिको लागि बिदा मागेर बेतलबी बसेँ । जत्ती त्यो नानीको स्याहारसुसार गर्दै गएँ । मेरि आमाको आभाषले पोल्दै गयो । आफुले नपाएको माया त्यो नानिलाई दिन सकेर खुसी थिएँ । छोराहरु उस्तै खुसी थिए बैनीको आगमनले । एउटा कोठामा सिमित भएर बसेको भए पनि गरिबी भित्र पौडिएको भए पनि मन प्रफुल्ल थियो । म फेरि छोरिको आमा बन्न सकें भनेर । घरबेटीहरुले सुत्केरी जस्तै मलाई नि खानपानमा सहयोग गरिरहेका थिए । डाक्टर साब धेरै पटक मैनता भित्र अश्रुधारा बगाउँदै दृश्य नियाल्नु हुन्थों । म सँग सगै भावुक हुन्थें । संवाद नभएरै धेरै दिन बितेको थियो । बोल्नु भनेको घाउँ कोट्याउनु जत्तिकै थियो । नानिको लागि चाहिने हरेक सरसामान किनेर ल्याइदिनु हुन्थो उहाँहरुले नै । र मेरो परिवारलाई चाहिने रासन पनि । उहाँहरुकै अनुरोधमा मेरो परिवार पाल्ने सर्तमा मलाई जागीर छोड्न लगाउँनु भयो । मेरो परिवार पालिदिए बापत मैले नानिको स्याहारसुसार गर्नु पर्थो । सर्त अनुसार काम गर्दै गएँ । छोराहरुको पढाई पनि सरकारी स्कुल भए पनि राम्रो थियो । एक छोरी दुई छोराकी आमा बन्न पाएँ । आमा एक बा अनेक भावुक हुन्छु नानिको घुर सुग्न खुन मन पर्थों । यस्तो लाग्थो गाईले चाँटे झै चाटेरै बसौं । नानिलाई दुध सधैं चुसाए पछि त आउँन पो थाल्यो । मेरो हृदय फुटेर मातृत्वको मुल फुट्यो छाती विशाल भयो । माया अझै छल्किन थाल्यो ।अब त एक छिन बच्ची नपाए म आत्तिएर मर्छु झै लाग्न थाल्यो । एक दिन लुकेर दुध चुसाएको बेला घरबेटी आमाले देख्नु भएछ हेरेर रुँदै भन्नू भयो । नानी यो भन्दा बढी गुन के लगाउँनु हुन्छ र हामिलाई । आमा रोइरहनु भयो । बच्चिले निरन्तर दुध चुसेको दृश्य हेरिरहनु भयो । बन्द आँखा बिस्तारै चलेका नरम ओठले दूध तानेको दृश्य देख्दा आमा बनिसकेको जो कोहिको छाती एक फराकिलो भएर माया ओछ्याउन पुग्छ र आफुलाई सलक्क सुताउँछ । त्यो मायामा र कल्पिन्छ म आमा हुँ । तर घरबेटी आमा त्यो भन्दा फरक सोचमा हुनु पर्छ । आमाले दूध आएको देखेर बोल्न नै स्स्क्नु भएको छैन ।

म के भनेर मेरो मुटु झिकेर दिउँ ? मन सगरमाथा आँखा सागर भएको छ । बालुवाको मेरो घर भत्किदैछ । छोराहरु लिएर प्रहरी समक्ष पुगें । एक जोडि जो उच्च घरानको जस्ता देखिन्थें त्यो पुरुष बोल्यो ” माफ गर मलाई यत्तिका वर्ष मेरा छोरा पालिदियौ दुख गर्‍यौ कति लिन्छ्यौ पैसा माग म तिर्न तयार छु “


पछि यो कुरा परिवारमा सबैलाई सुनाउँनु भएछ । सबै खुसिमा डुबे । रगत एउटाको , कोख एउटाको , छाती एउटाको यसरी पनि त आमा बन्न सकिदो रैछ । म कल्पिएर भवसागरमा डुब्छु ।
नानिलाई आमाको अभाव हुन दिईन् । बाबाको ठाउँमा बाबा हुनुहुन्थो । अर्काको श्रीमान मेरि छोरिको बाबा । दिन बित्दै गयो नानी बोल्न सक्ने भईन । आमा र बाबा बोल्न सक्ने भईन ।
श्रीमान श्रीमती होइनौं हामी तर एउटा बच्चाको आमा र बाबा हौं । कहिल्यै कुविचार आएन कि मेरो श्रीमान यहीं डाक्टर होस म श्रीमती बन्न पाउँ मैले सोचिन् । अभावमा त म पनि थिएँ नि । एउटा जवान महिला जो श्रीमान बिना हर संघर्ष गरेर बाँचेको त थिएँ नि । तर मनमा आएन । त्यस्तो विचार । हिरा र किरा कसरी सँगै बस्न सकिन्छ यस्तो त सोच्नु पनि हुन्न कहाँ उहाँहरुको परिवार कहाँ म डेरावाला सुकुम्बासी । यो कल्पना नि गर्न हुन्न ।
समयले हामिलाई बूढो पार्दै लग्यो नानी चार वर्ष लागि पढन जान थाली मलाई अब उहाँहरुको कमाई खान लस्ज भयो । र अब पुन काम गर्ने योजना सुनाएँ ।
घरबेबाले फेरि कहाँबाट सम्झनु भयो ” नानी यत्तिका वर्ष छोरा बुढी सम्झेर नआउने मान्छे नि श्रीमान हुन्छ त ? कसरी मन मान्छ आफ्नो सन्तान यसरी छोड्न मैले त एक दिन फोन आएको पनि सुनेको छैन त ?
अब जवाफ दिने शब्द मसँग छैन । मेरो जवाफ मौनता र आँसु थियो ।
एक दिन प्रहरी कार्यलयबाट फोन आयो कि तपाईंको छोराहरुको जन्म दर्ता लिएर आउँनुहोस् । म छाँगाबाट खसिसकेको थिएँ । अब मेरो खुसी भत्किदैछ । म एक्लिदैछु भनेर । घरबेटी बाआमालाई प्रहरीको फोन आएको कुरा सुनाएर प्रहरी कार्यलय पुगें ।प्रहरीले जन्म दर्ता माग्यो । मैले दिएँ। छोरा बोलाउँन भन्यो । म रुँदै कत्ती बेला कोठामा पुगे थाहा छैन । म के भनेर मेरो मुटु झिकेर दिउँ ? मन सगरमाथा आँखा सागर भएको छ । बालुवाको मेरो घर भत्किदैछ । छोराहरु लिएर प्रहरी समक्ष पुगें । एक जोडि जो उच्च घरानको जस्ता देखिन्थें त्यो पुरुष बोल्यो ” माफ गर मलाई यत्तिका वर्ष मेरा छोरा पालिदियौ दुख गर्‍यौ कति लिन्छ्यौ पैसा माग म तिर्न तयार छु “

नानिले मामु मामु भन्दै मलाई नियाली म झन भावुक भएँ । छोरा खोइ ? भनेर घरबेटीले सोधे म बोल्न सकिन । एउटा घटनाले त म मरि सकेँ अब फेरि उस्तै अर्को घट्नाको चोट खानै छ ।


म बोलिन छोराहरु मलाई समाएर बेस्सरी रोए आमा यो को हो किन हामिलाई बेच्न खोज्नु भएको ? हामी तपाईंलाई छाडेर जान सक्दैनौं। निर्दोष आवाजले मुटुमा हानी रहयो । कान बन्द भयो चीत्कार सुन्न सकिन । म अर्ध चेतमा छु । त्यो धनी मान्छे ” माग न कति लिन्छ्यौ पैसा ?
मलाई छोरा बाहेक केही चाहिँदैन भनें । तर मेरो बोलिमा अधिकार थिएन । जन्म दर्तामा भएको बाबुको नाम उसैको थियो । आमाको नाम पैसाले किनेको थियो ।
धेरै बेर घोरिए छोराहरुको भबिष्य सम्झिए अनि आफ्नो हालत सम्झिएँ र छोराहरुलाई सम्झाएँ बाबू तिमिहरुको बाबा उहाँ नै हो । म आमा होइन । यत्ती दिन तिमिहरुको लागि जति गर्न सकेँ सकेँ । अब तिमिहरुलाई मनको कमि होला तर धनको कमि हुने छैन । जाउ तिम्रो बाबासँग ।उनिहरु रुँदा रुँदा नाई मम्मी नाई मम्मी हामी तपाईंलाई छाडेर जान सक्दैनौं भन्दै थिए । कारमा राखेर त्यो मान्छेले हुइक्यायो । आँसुले ढाकिएका आँखा भित्र कार पर पुगेको धमिलो दृश्य आइरह्यो । आँसु पुछ्दै घरबेटीको मा गएँ छोरी समाएर बेस्सरी रोएँ । आफ्नु कोठा खोलेर भित्र पस्न सकिन । चेहरामा खुसि र मुस्कान हराएको देखेर घरमा सबैले सोधे बोल्न सकिनँ गला अबरुद्ध भयो । नानिले मामु मामु भन्दै मलाई नियाली म झन भावुक भएँ । छोरा खोइ ? भनेर घरबेटीले सोधे म बोल्न सकिन । एउटा घटनाले त म मरि सकेँ अब फेरि उस्तै अर्को घट्नाको चोट खानै छ । मन मनै भने छोरी तँलाई छोडेर भोलि यो घरबाट निस्कदै छु । तँ फेरि टुहुरी हुनेछेस् । अब नानी बाबासँग सुत्न थालेकी थिइ । उसको बाबाले पनि मैले भन्दा कम माया गर्नु भएको थिएन । मलाई नि असाध्यै माया गर्नु हुन्थों शारीरिक सम्बन्ध बिनाको श्रीमान श्रीमती जत्तिकै माया थियो । तर नथेग्ने माया , नपुग्ने माया, नदेखिने माया थियो । नानी सुत्न गए पछि रुँदै आफ्नो कोठा खोलेर कापिको पानामा कोर्न थालेँ ।

आदरणीय घरबेटी बुवाआमा

मिति : माता तिर्थ औंसी

त्यस पछि ती बच्चालाई त्यो केटाले मार्न लाग्यो । मैले यो कुरा अन्त भनिदिन्छु मारिस भने बरु मलाई दिनुस एउटै सर्तमा भनेँ त्यो सर्त थियो बाबुको नाम दिए पुग्छ भनेको थिए अनि जन्म दर्ता बनाईदिए पछि ।

म यो घडिमा केही बोल्न सकेको छैन । आजसम्म हजुरहरुले लगाएको गुनको पैँचो सकेँ भने कुनै दिन तिरौला । नत्र ॠण भयो मेरो लागि । कसरी भन्नू हजुरहरुलाई मबाट मेरा छोरा खोसिए भनेर । अचम्म लाग्ला आमाबाट कसरी बच्चा खोसिन्छ भनेर । हो म आमा होइन । जब म काठमाडौ बसेर कलेज पढ्थें मेरो एक जना म जस्तै गरिब साथी थिई । उसलाई एक धनिको छोराले जबर्जस्ती करणी गरेको थियो फलस्वरूप ती दुई भाइ जम्ल्याहा छोरा भए । त्यस पछि ती बच्चालाई त्यो केटाले मार्न लाग्यो । मैले यो कुरा अन्त भनिदिन्छु मारिस भने बरु मलाई दिनुस एउटै सर्तमा भनेँ त्यो सर्त थियो बाबुको नाम दिए पुग्छ भनेको थिए अनि जन्म दर्ता बनाईदिए पछि । म ती बच्चा च्यापेर त्यो ठाउँबाट केहिदिनमा हजुरको घरमा आएर बसेको हुँ । आज त्यो बच्चाको बाबुको श्रीमतिबाट बच्चा भएन अरे अनि आएर लग्यो । मेरो खुसी खोसियो । थाहा छ आज एउटा खुसी खोसियो छोराबाट छुट्नु पर्‍यो भोलि फेरि छोरिबाट छुट्नु पर्छ । पटक पटक मरेर बाँचेको छु । एक अविवाहित नारिले आफ्नो कुमारित्व गुमाएर छाती फुटाएर हुर्काएको छोरी छोडेर भोलि फेरि म यो घरबाट निस्कनु पर्छ त्यसैले म आजै निस्किएँ माफ गर्नुस ।


उहीँ अभागिनी

कथा – मैयाँ लामिछाने