राजपा– समाजवादी एकता पछिको नाम जनता समाजवादी पार्टी, चुनाव चिह्न छाता

बैशाख ११ ।

रामेछाप। मधेस केन्द्रित दुई राजनीतिक पार्टीबीच एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ । पार्टी एकीकरण समानताको आधारमा गरिने, पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ ।

झण्डा भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता नै कायम हुनेछ ।

सहमतिपत्रमा राजपका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीको तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।