उमाकुण्डका प्रमुख काठमाण्डौं पुगेर निशुल्क ल्याए अलपत्र परेका १५ सय नागरिक

वैशाख,१२,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले लकडाउनको कारण काठमाडौं उपत्यकामा अलपत्र परेका १५ सय नागरिकहरुलाई निशुल्क रुपमा उद्दार गरेको छ ।

यस अघि जनता भ्वाईससंग पालिका प्रमुख शेर बहादुरले अलपत्रहरुलाई गाउँ नल्याउने तर उनीहरुको जिउ धन, खाना, बस्नको सुरक्षा गर्ने, निर्णय गरेको जानकारी दिनुभएको थियो ।


लकडाउनका कारण ज्याला मजदुरी गरेर जीविका चलाउदै आएका आफ्ना नागरिकहरु काठमाडौमा अलपत्र भएपछि पालिकाले निशुल्क रुपमा उद्दार गर्ने निर्णय गरेको र उद्दार गरेको प्रमुख सुनुवारे जनता भ्वाईसलाई जानकारी दिनुभयो ।
उहाँले नागरिकहरुको दुःख पर्दाकै लागि स्थानीय सरकार बनेको भन्दै यो समय विपती परेकाले उद्दार गरेको र आफुहरुले नागरिकहरुको ओठमा तत्कालका लागि खुसी ल्याएको बताउनु भएको छ ।


अलपत्र नागरिकहरुको उद्दार गर्न पालिका प्रमुख आफै काठमाडौं पुग्नु भएको थियो ।
अध्यक्ष सुनुवारले अझै पनि काठमाडौमा अलपत्र परेका नागरिकहरुको उद्दारलाई निरन्तरता दिने बताउनुभयो ।
उहाँले उद्दार गरि गाउँ आएकाहरुले पालिकाले तय गरेको नियमा बस्नु पर्ने स्मरण गराउनुभयो ।