जिल्ला अस्पतालमा स्वाव संकलन बुथ

अप्रिल अधिकारी


रामेछाप बैशाख १२ । जिल्ला अस्पताल रामेछापमा कोरोना संक्रमण परिक्षणका लागि आवश्यक पर्ने स्वाव संकलन प्रयोजनका लागि स्वाव संकलन बुथ संचालन गरिएको छ । नेपाल इन्जिनियर्स एशोसियसन बागमती प्रदेशको सहयोगमा शुक्रबार एक कार्यक्रमका विच स्वाव संकलन बुथ हस्ताण्तरण गरिएको छ । इन्जिनियर्स एशोसियसनले जिल्ला प्रशासन कार्यलयको रोहबरमा बुथ अस्पतालाइ हस्ताण्तरण गरेको थियो । यशोसियसनले जिल्ला प्रशासनलाई प्रशासनले अस्पताल व्यवस्थापनलाई हस्ताण्तरण गरेको हो ।
केभिड १९ को महामारी बढ्दै गएको अवस्थामा रोगसँग जुध्नको लागि पहिलो घेरामा अर्थात प्रत्यक्ष संक्रमित व्यक्तिसँग सम्पर्कमा रहने स्वास्थ्यकर्मीको सुरक्षाका लागि केहि सहजता होस भन्ने उद्देश्यका साथ जिल्ला अस्पताललाई स्वाव संकलन बुथ हस्तान्तरण गरिएको नेपाल इन्जिनियर्स एशोसियसन बागमती प्रदेशका कार्यकारिणी समितिका सदस्य इन्जिनियर सरोज कार्कीले बताए ।
स्वाव संकलन बुथ हस्ताण्तरण समारोहा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जोखिम मोलेरै अस्पतालमा काम गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीका लागि थप सुरक्षाका लागि राहत मिलेको बताइन । उनले यस्तो अवस्थामा बुथको आवश्यकता रहेको र स्वाव संकलनमा स्वास्थ्यकर्मी सुरक्षित रहेको महशुस गर्ने आधार बनको बताइन । रामेछाप अस्पतालका चिकित्सक आनन्द प्रसाद आचार्यले यस भन्दा अघि पिपिइ लगाएर संक्रमणका शंका लागेको व्यक्तिको स्वाव निकाल्दा खुल्ला ठाउ हुने भएकाले त्यति सुरक्षित नहुने हुँदा डर हुन्थ्यो भने यस संकलन बुथबाट चाहि ढुक्कले काम गर्न सकिने अवस्था रहेको बताए ।