कोरोना रोकथाम गर्न वाग्मती प्रदेशलद्वारा ९ करोड ९३ लाख निकासा

बैशाख १२,

मकवानपुर । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई रु एक करोड, रत्ननगर नगरपालिकामार्फत गुञ्जमान अस्पताललाई रु २० लाख, धुलिखेल नगरपालिकामार्फत धुलिखेल अस्पताललाई रु २० लाख, सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई रु तीन करोड ७७ लाख, हेटौँडा अस्पताललाई रु ५१ लाख, भक्तपुर अस्पताललाई रु ४१ लाख, धादिङ अस्पताललाई रु ३१ लाख, त्रिशूली र सिन्धुली अस्पताललाई पनि रु ३१–३१ लाख निकासा गरेको हो ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयलाई रु २२ लाख, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई रु २२ लाख, चौतारा अस्पताललाई रु २१ लाख गरी कूल रु नौ करोड ९३ लाख निकासा गरिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुुभयो । रासस