२४ घण्टामा करिब ४ हजारको कोरोना परीक्षण

बैशाख १२,

काठमाडौं । देशभर कोरोना भाइरसको नमुना परीक्षणको संख्या साढे ४७ हजार पुगेको छ । पीसीआर विधिमार्फत ९ हजार ४ सय ७ र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी)मार्फत ३८ हजार ८९ वटा गरी कुल ४७ हजार ५ सय ९६ वटा परीक्षण गरिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ वटा नयाँ टेष्ट गरिएको जानकारी दिनुभएको छ ।

उहाँले देशभरका सबै प्रदेशमा र्‍यापिट किटबाट परीक्षण भइरहेको बताउनुभएको छ । उहाँकाअनुसार प्रदेश नं १ मा ३ हजार ९ सय २९, प्रदेश नं २ मा ४ हजार ९ सय ७७ बाग्मती प्रदेशमा ७ हजार १ सय ४३ गण्डकी प्रदेशमा ४ हजार ७ सय ८३ प्रदेश नं ५ मा २ हजार ८ सय ७४ कर्णाली प्रदेशमा ४ हजार ८७० र सुदुरपश्चिम प्रदेशमा ९ हजार ५ सय १३ वटा परीक्षण गरिएको छ।

आज देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै देशभर संभावित संक्रमितहरु ८९ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये ३ जना काठमाडौं उपत्यकामा र काठमाडौंबाहिर ८६ जना रहेका छन्।