क्रियाशिल महिला पत्रकार (wwj) द्वारा सकृय पत्रकारहरुलाई सामाग्री हस्तान्तरण

वैशाख, १३,

रामेछाप । क्रियाशिल महिला पत्रकार (wwj) जिल्ला शाखा रामेछापले जिल्लामा सक्रिय पत्रकारहरुलाई लाईफ ज्याकेट लगाएतका सामाग्री हस्तान्तरण गरेको छ  ।

कोरोना भाइरस संक्रमरणबाट जोखिम मोलेरै नागरिहरुलाई शु-सुचित गराई रहेका संचारकर्मीहरुको कामको उच्च मूल्याङ्कन गर्दै शाखाले सामाग्री उपलब्ध गराएको हो ।

सामाग्री

राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा आबद् रहेर निरन्तर काम गरि रहेका पत्रकारहरुलाई संक्रमणबाट सुरक्षित हुन लाईफ ज्याकेट र मास्क हस्तान्तरण गरेको हो । सो सामाग्रीका लागि वाइबा एण्ड लामा कण्ट्रक्सनले आर्थिक सहयोग उपलब्ध गराएको शाखाकी अध्यक्ष ज्ञानु श्रेष्ठले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रामेछापको भवनमा समाजिक दुरी कायम गरि सामाग्री (wwj) वितरण गरेको हो ।