नेपाल मै मर्न पाउँ, सरकारले नेपाल फर्काइदिए जति दिन पनि क्वारेन्टाइनमा बस्न तयार छौँ”

विश्व अहिले कोरोना भाईरस(कोभिड-19)को आक्रमण सँग युद्ध गरिरहेको छ। यस महामारीको चपेटामा परेका देशहरू मध्ये छिमेकी राष्ट्र भारत पनि हो ।नेपाल सँग खुल्ला नाका भएको कारणले भारतमा रोजगारीका लागि आउनेको संख्या ठुलो छ । तर कोरोना भाईरसको संक्रमणको रोकथामका लागि  भएको लकडाउनका कारण भारतमा धेरै नेपालीहरूको अवस्था दयनिय छ । त्रासमा रहेको छ।

जस्तो कि मुम्बईको हकमा नेपाल दलित जनजागृति महासंघ भारतको तर्फबाट प्रत्यक्ष सहयोग  गरिएको छ । समस्या परेकाहरुलाई उद्दार तथा धरै ठाउँ का पिडितको लागी परामर्श गरि सहयोग गरिएको छ । बिरेन्द्र लामिछानेले व्यक्तिगत २८ जनालाई सहयोग गरेका छन् ।

लक डाउनको दोस्रो चरण चलिरहदा सम्म यहाँ थुप्रै नेपाली मजदुरले समस्या झेल्नुपरेको छ । विशेषगरी होटलमा मजदुरी गर्नेहरूलाई बढी समस्या परेको छ। नेपालमा रहेका भारतीय नागरिकलाई नेपाल सरकार र भारतमा रहेका नेपाली नागरिकलाई भारत सरकारले क्वारेन्टाइनमा राखि सुरक्षा दिने विषयमा नेपाल सरकार र भारत सरकार बिच भएको सम्झौता केवल सम्झौता मै सिमित रहेको छ। सम्झौता गरेर एक पटक पनि खोज खबर नहुँदा सडकमा अलपत्र परेका केही नेपालीलाई मनकारी सहयोगी मनहरुले सहयोग गरिरहेका छन । जस्तो कि मुम्बईको हकमा नेपाल दलित जनजागृति महासंघ भारतको तर्फबाट प्रत्यक्ष सहयोग  गरिएको छ । समस्या परेकाहरुलाई उद्दार तथा धरै ठाउँ का पिडितको लागी परामर्श गरि सहयोग गरिएको छ । बिरेन्द्र लामिछानेले व्यक्तिगत २८ जनालाई सहयोग गरेका छन् ।

दुख लाग्ने कुरा के छ भने प्रवासीलाई साच्चै प्रवासी बनाईएको छ । रेमिट्यान्स भित्र्याउने मेसिन मात्र बनाईएको छ । होइन भने नेपाली राजदुतावासले किन भारतमा भएका नेपालीलाई यसरी दुखमा साथ दिई रहेको छैन ? हिजोका दिनहरूमा नेपाली राजनीतिक पार्टीका झोलेझिम्टेहरु पार्टीका शाखा बिस्तार गर्न हजारौं नागरिक बटुलेर यस अस्तव्यस्त शहरमा पनि समय दिईरहन्थे । राजनीतिका नाममा समाजलाई भाड्ने काम गर्न अग्रसर रहनेहरु आज यस्तो विपतको बेला कुन दुलामा बसेका छन पत्तो छैन ।  

कालोबजारी भईरहेको हुनाले झन् बढी समस्या भएको छ। यहाँ भएका नेपाली मजदुर भन्छन् “बरु नेपाल मै मर्न पाउँ, सरकारले नेपाल फर्काइदिए जति दिन पनि क्वारेन्टाइनमा बस्न तयार छौँ”। अर्काको देशमा रोग र भोकले मर्नु भन्दा आफ्नै देशमा मर्न पाए हुन्थ्यो ।

अझै पनि समस्या दिनदिनै बढ्दै जाने देखिएको हुनाले सम्पूर्ण नेपाली चिन्तित छन। समस्यामा परेका साथि, छरछिमेकी र अन्य कसैलाई पनि साथमा राखेर धेरै दिन रासनको ब्यवस्था गर्न मुस्किल भएको यहाँका नेपाली मजदुरहरू बताउछन् । कालोबजारी भईरहेको हुनाले झन् बढी समस्या भएको छ। यहाँ भएका नेपाली मजदुर भन्छन् “बरु नेपाल मै मर्न पाउँ, सरकारले नेपाल फर्काइदिए जति दिन पनि क्वारेन्टाइनमा बस्न तयार छौँ”। अर्काको देशमा रोग र भोकले मर्नु भन्दा आफ्नै देशमा मर्न पाए हुन्थ्यो ।

सबै नेपाली मिलेर नै बसेका छन् । सय/पचास जम्मा गरेर पिडितहरुलाई राहत दिने काम आफ्नो ठाउँबाट सहयोगी युवा साथिहरु गरिरहेकै छन् ।