पौडी खेल्ने क्रममा तामाकोशी नदीमा डुबेर एकको मृत्यु

बैशाख १२,

रामेछाप । तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदिमा डुबेर एकको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नम्बर २ टेकानपुर घरभै हाल मन्थली नगरपालिका १ बस पार्कमा बस्दै आएका सुवास रम्तेलका करिब १८ वर्षका छोरा सुमन रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

शनिबार मध्यान्न १२ बजेको समयमा रामेछाप एयरपोर्ट नजिकै पौडी खेल्दा बेपत्ता भएका युवाको नेपाल प्रहरी, शसस्त्र पहरी, नेपाली सेना, स्थानीयहरुको सक्रियतामा खोजी गरी भेटाएर स्थानीय प्रथामिक स्वास्थ्य केन्द्र प¥याउन साथ डाक्टरले मृत घोषण गरेको उहाँले जानकारी दिनुभयो ।

फाइल : फोटो