पौडी खेल्ने क्रममा तामाकोशी नदीमा एक युवा बेपत्ता

बैशाख १२,

रामेछाप । तामाकोशी नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् । मन्थली नगरपालिका वडा नम्बर १ स्थित तामाकोशी नदीमा पौडी खेल्ने क्रममा युवा बेपत्ता भएका हनु ।

शनिबार मध्यान्न १२ बजेको समयमा रामेछाप एयरपोर्ट नजिकै पौडी खेल्दा बेपत्ता भएका युवाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बेपत्त हुने मन्थलीकै युवा रहेको प्रहरी नीरिक्षक टेकेन्द्र शर्मा पौडेलको भनाई छ ।

बेपत्ता युवाको खोजीमा नेपाल प्रहरी, शसस्त्र पहरी, नेपाली सेना, स्थानीयहरुको सक्रियतामा खोजी कार्या भैरहेको नीरिक्षक पौडेलले बताउनुभयो ।