मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले अनलाईन कक्षा सञ्चालन गर्ने

१३ बैशाख ।

रामेछाप।विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट विद्यार्थीको पठनपाठनमा समस्या परेको भन्दै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थली रामेछापले अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ । त्रिभुवन विश्वबिद्यालयको परिपत्र अनुसार अनलाईन कक्षा सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ । क्याम्पस प्रमुख ऋषि कार्कीका अनुसार अनलाईन कक्षा बिभिन्न सामाजिक सञ्जालमा ग्रुप बनाएर, ZOOM सफ्टवेयरको प्रयोग गरि सञ्चालन गरिनेछ रअनलाईन कक्षामा सहभागि हुन नसक्ने बिद्यार्थीहरूका लागि नोट उपलब्ध गराईनेछ । कक्षा बैशाख १५ गते बाट सञ्चालन हुनेछ ।

सूचना