रामेछापको ओख्रेनीमा घर घरमा सुरक्षा भत्ता र औषधी

वैशाख, १३,

रामेछापको जिल्लाको रामेछाप नगरपालिका वडा न ६ ओख्रेनीले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

शनिबारदेखी वडाका ४ सय २८ जना वृद्धवृद्धाहरुलाई भत्ता वितरण सुरु गरेको वडा अध्यक्ष धन बहादुर खड्काले जनता भ्वाईसलाई जानकारी दिनुभयो । उहाँका अनुसार करिब ३४ लाख रकम वितरण गरिने छ ।


खड्काले भन्नुभयो-“यो कोरोनाको महामारीका बेलामा राहाका नामामा चामल र दाल मात्र दिएर नभै उहाँहरुको पीर मार्कलाई ध्यानमा दिए नगरपालिका संग कुरा गरेर भत्ता पनि वितरण सुरु गरेका छौ, प्रत्येक नागरिकहरुको घरमै पुगेर भत्ता बाड्ने काम भैरहेको छ, साथै नियमीत सेवान गर्ने औषधी पनि सकिएको जानकारी आएकाले औषधीको नामा संकला भैरहेको र केही दिनमा हामी निशुल्क उपलब्ध गर्ने तयारी गरी रहेका छौं ।”