लकडाउनको पालना गर्दागर्दै भोकले पेट डाउन भएपछि के गर्ने ?

दैनिक व्यवहारमा अस्वभाविक परिवर्तन ल्याइदिएकोे कोरोना भाइरस अर्थात् कोभिड १९ ले भय, त्रास, सन्त्रास सबै एकैपटक ल्याइदियो । सहरियालाई गाँउसम्म झार्यो, तेही कुटो, कोदाले गर्ने गाउँले बनाइदियो । आजकल मःम, चाउमनि, पिज्जा, लगाएतका परिकारहरु फुर्सदिला भएका छन् । वेग्र प्रतिक्षाको साथ बाटाहरु हेरिरहेछन् । होटलका टेवलहरु, कुसीहरु उसैगरि टोलाइरहेछन् । प्लेट र चम्चाहरुको भेट नभएर डिभोर्स हुन मात्र बाँकी छ ।

कोरोनाबाट ज्यान बचाउन कै लागि यतीबेला विश्वका धेरै देशहरु लकडाउनमा छन् । तेसबाट नेपाल पनि अछुतो रहन सकेन । आज नेपालमा लकडाउनको एक महिना तीन दिन पुरा भएको छ


विश्वका २ सय १० देश र २ वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ को कारण मानव जगत् आक्रान्त बनेको छ । यसबाट संक्रमित हुनेहरुको संख्या हजारौँले बढिरहेका छन् । यसरी मिनेटमै मृत्यु हुने र संक्रमितको संख्यामा परिवर्तन आउँदा मानव जगतमा नराम्ररी प्रहार भैरहेको छ । गत वर्ष डिसेम्वर महिनाको अन्तिम साताबाट चिनको उहान शहरबाट उत्पन्न भएको कोरोना विश्व मानव शरिरको काल बनेर संसार घुमिरहेको छ ।
विश्वभर २९ लाख २१ हजार बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । २ लाख बढी मानिसले ज्यान गुमाएका छन् भने ८ लाख ३६ हजार बढी मानिसले कोरोना जितेका छन् । नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्य १२ जनाले कोरोनालाई जितेका छन् । अन्य बाँकीको उपचार भैरहेको छ ।

२ लाख बढी मानिसले ज्यान गुमाएका छन् भने ८ लाख ३६ हजार बढी मानिसले कोरोना जितेका छन् । नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्य १२ जनाले कोरोनालाई जितेका छन् । अन्य बाँकीको उपचार भैरहेको छ ।


कोरोनाबाट ज्यान बचाउन कै लागि यतीबेला विश्वका धेरै देशहरु लकडाउनमा छन् । तेसबाट नेपाल पनि अछुतो रहन सकेन । आज नेपालमा लकडाउनको एक महिना तीन दिन पुरा भएको छ । सरकारले २०७६ चैत्र ११ गतेबाट लागु हुने गरि लकडाउन गर्ने घोषणा गरेको थियो । त्यसपछि स्थिती सहज हुने नदेखिएपछि पुनः चैत्र १७ गते बैठक बसी चैत्र २५ सम्मका लागि दोस्रो पटक समय थप भयो । यसैगरि तेस्रो पटक समय थप गर्दै बैशाख ३ सम्म निरन्तरता दिइएको लकडाउनको समय पुनः थपेर आगामी बैशाख १५ गते सम्मका लागी निरन्तरता दिने सरकारले निर्णय गर्यो ।
आज बैशाख १४ गते लकडाउनलाई निरन्तरता दिने वा हटाउने मन्त्रीपरिषद् बैठकले निर्णय गर्नेछ । यतिबेला नेपाली जनता तीव्र प्रतिक्षामा छन् ।
लकडाउन शव्द अर्थात् बन्दाबन्दी । अकडाउन शव्द समेत नसुनेका धेरै जसो नागरिकको जिवन साँच्चै तहसनहस बनेको छ । सरकार भन्छ,ः घरभित्रै बस्नु ।
अनि चिन्ता त तिनीहरुलाई पर्छ जस्लाई बिहान देखि साँझ सम्म अर्काको काम गरेर बेलुका चुलो बाल्नु छ । उनीहरुलाई बाहिर हिँडडुल गर्न नपाएर, चोकमा बसेर चिया, चुरोट तान्दै गफ गर्न नपाएर चिन्ता परेको होइन, साँझ बिहान आफ्ना परिवारको पेट कसरी भर्दिने होला भनेर मन औधी पोलेको हो ।

यो जारी लकडाउनले हुनेखाने हरुलाई बाहिर निष्फीक्री डुल्न नपाएर मात्रै हो हैरान पारेको त । दिक्क घरमा बसेर, फुर्सदिलो भएर मात्रै भएका छन् । तर, त्यो भन्दा भयावह दिक्दारी त्यो दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको छ । परिवारको पेट कसरी भर्ने होला भनेर, त्यो कस्ले देख्ने ??? यसको जवाफ सजिलै आउनुपर्छ स्थानिय सरकारले ।


यो जारी लकडाउनले हुनेखाने हरुलाई बाहिर निष्फीक्री डुल्न नपाएर मात्रै हो हैरान पारेको त । दिक्क घरमा बसेर, फुर्सदिलो भएर मात्रै भएका छन् । तर, त्यो भन्दा भयावह दिक्दारी त्यो दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको छ । परिवारको पेट कसरी भर्ने होला भनेर, त्यो कस्ले देख्ने ??? यसको जवाफ सजिलै आउनुपर्छ स्थानिय सरकारले ।
रङ्गिएका सामाजिक संजाल
सरकारले कोरोना यानकी रोगको डरले लकडाउनको घोषणा गरेको हो । घर भितै बसेर लकडाउनको पुर्ण पालना गर्न बारबार आग्रह गरियो, निर्देश गरियो, लकडाउन उलङ्घन गर्नेलाई कारवाहि गर्न निर्देशन पनि दिइयो ।
लकडाउनका सुरुवाति दिनहरुमा सामाजिक संजालहरु रङ्गिए पनिः मानिसहरुले कुटाई खाएको, जीउभरि निलो निलडामका धर्साहरु । धेरैजसोले ठिक्क परो भने, कतीले अझै पुगेन पनि भने, केहीले मात्र मानविय संवेदना प्रकट गरे, खैर आ–आफ्नै किसिमका टिका–टिप्पणी थिए, यी सव ।
यहाँ तिनै दुई वाध्यता थिए, एक लकडाउन पालना गर्नुपर्ने र अर्काे लकडाउन पालना गराउनुपर्ने । यीनै दुई वाध्यताले कतिले कतिलाई कुटे, कतिले कतिको कुटाई खाए । अनि भयो केहि दिन फेसबुकमा थप मरमसला ।।
अनुसाशनमा बस्न कस्लाई अप्ठ्यारो हुँदैन र ? निति नियम भन्ने कुरा बनाउन साह्रै सजिलो पुरा गर्न त्यो भन्दा धेरै गुणा अप्ठ्यारो हो त्यहि भयो ।
हो, कतिपयले लकडाउन उलङ्घन गरे, उनीहरुको पनि त के दोष ? जवकी लकडाउन शव्द नै एक खालको नयाँ र विल्कुलै नौलो थियो । जीन्दगीमै पहिलो पटक सुनेको शव्द भित्र बाँधिएर बस्न कस्लाई अप्ठ्यारो थिएन र ?

रोगको भन्दा भोकको डर
साँच्चै तपाइँ कति दिन भोकै बस्न सक्नुहुन्छ ? यो प्रश्नको जवाफ तपाइँले के दिनुहोला ?
–कस्तो खालको प्रश्न हो, के वाइयात प्रश्न गरेको ?
अवथा,
एक दिन, दुई दिन वा त्यो भन्दा बढी ??
यसलाई बकवास प्रश्न चाँही नबनाइयोस् जवर्जस्त ।।
सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दागर्दै भोकले पेट डाउन भएपछि के गर्ने ?
नभन्नुहोला, स्थानिय सरकारले राहत बाँडेको देख्नुभएन भनेर, बाँड्यो स्थानिय सरकारले राहत तर, कतिपय ठाउँमा यो पनि भयो भोको पेट भर्नका लागि सरकारलाई नागरिकता, ठेगाना, घरबेटीको सिफरिस आदि–आदि ।। भोकले लखतरान परेको पेट भर्न यि सव सामान जुटाउनु भनेको कति सम्भव कति असम्भव होला ।
साँच्चै काठमाडौँ सहरलाई काम चाहिएको हो, थरिथरिका सिप चाहिएको हो । ती मजदुरका कथा चाहिएको होइन, भोका पेट, साना छोराछोरीको रोदन चाहिएको होइन, आँसु चाहिएको होइन अनि चाहीएको होइन रैछ तीनै सिपालुहरुको कुनै पनि दुख बेदनाले भरिएको कथाका चाङ्हरु ।।
सरकार घरभित्रै ढोका थुनेर बस् भन्छ, तर, मजदुरका खाली पेटले कसरी मान्न सके र ? विकल्पमा विरानो काठमाडौँ बस्न नसकेका हजारौँ मानिसहरु प्रदल यात्रु बनेँ । गन्तव्य थियो आफ्नै घर, जहाँ पुगेपछि मिठोनमिठो तर, रित्ता पेट भर्ने आश सयमा सय प्रतिशत थियो ।

साँच्चै काठमाडौँ सहरलाई काम चाहिएको हो, थरिथरिका सिप चाहिएको हो । ती मजदुरका कथा चाहिएको होइन, भोका पेट, साना छोराछोरीको रोदन चाहिएको होइन, आँसु चाहिएको होइन अनि चाहीएको होइन रैछ तीनै सिपालुहरुको कुनै पनि दुख बेदनाले भरिएको कथाका चाङ्हरु ।।



चर्काे घाम, काँधमा स–साना नानीहरु, भएका केही पोका पन्तुराहरु, कथा उस्तै भएकाले बाटोभरिका केहि थान साथीहरु । त्यो बाहेक एउटा मजलुरको आफ्नो को नै हुने र ? बाटामा भेटिएका घरहरुमा धेरैजसोले नयाँ मान्छे भन्दै कोरोनाको शंका गर्दै तर्कीँदा कस्को मन नदुख्ला र ?
यस्तो विपतीमा मजदुरका नाममा खोलिएका अनेकौँ संघ संगठनहरु खै कता हराए ? उनीहरु कै पसिनाको कमाइले ठुला बंगला बनाउनेहरु कता लुके ? खै को बाल्यो मजदुरको लागि ??
सयौँ किलोमिटर हिँडेर जसोतसो घर पुगेकाहरुको पट्पटी फुटेका पैतालाको घाउ निको भयो होला की अझै रगत बग्दै होला ? उनीहरुले ती घाउहरु के सजिलै भुल्न सक्लान् त ? यि र यस्ता खालका गहिरा खाडलहरु समयले बिस्तारै पुर्दै लैजाला तर, मनमा लागेको लागेको घाउ कसरी पुरिएला ? भोकले मरिने डरकै कारण यति धेरै सास्ती खेप्नेहरुलाई पति अरु कस्लाई था होला र ?
पछिल्लो समय केहि स्थानिय तहहरुले आफ्ना नागरिक ल्याउन काठमाडौँ सम्मै पुगे । खान बस्न नै समस्या भएका नागरिकहरु त्यो सुखको सहरबाट लिएर पनि आए, अझ यसो भनौँ आगामी चुनावको लागि लगानी लगाए । गाउँमा भएका आफन्तहरुमा एक खालको सन्त्रास भने फैलिएकै छ । यसको लागि स्थानिय सरकारले उनीहरुको निगरानि र स्वास्थ्य परिक्षणको दायरा बढाउन जरुरी छ ।

भनिन्छ नि, लेखे कथा बन्छ नलेखे व्यथा । तिनै व्यथाहरुले आक्रान्त पारेको मनमा मलम पट्टि समउले नै लगाउला सायद । आमाको मृत्युमा किरिया बस्न सम्म नि घर आउन नपाएका हैनन् र ?


कथा आ–आफ्नै
भनिन्छ नि, लेखे कथा बन्छ नलेखे व्यथा । तिनै व्यथाहरुले आक्रान्त पारेको मनमा मलम पट्टि समउले नै लगाउला सायद । आमाको मृत्युमा किरिया बस्न सम्म नि घर आउन नपाएका हैनन् र ? आमाको मुख हेर्ने औसी आउनै लाग्दा आमा स्वयमलाई गुमाउन पुगेका दार्चुला शैलशिखरका बाशुदेव भट्ट गत ७ बैशाख गते आइतबार घर आउन पाए । भारतको धार्चुलास्थित बलुवाकोटस्थित शिविरको क्वारेन्टिनमै कोरामा बसेका भट्टलाई चौतर्फी दवाव पछि नेपाल आउन दिइयो ।
महाकाली नदिमा पौडेर आउने पनि हामै्र देशका नागरिक थिए, चीनबाट ल्याइएको पनि हाम्रै देशका नागरिक हुन् । यस्ता सयौँ नागरिक छन् जो, आफ्ना कथा देखाउन चाहँदैनन् अनि लेखाउन पनि चाँहदैनन् । उनीहरु सरकारको लागि यो आँसु देखाउन चाहँदैनन् र हाँसेको अभिनय गर्छन् ।
रातसाँझ नभनि खट्ने सुरक्षाकर्मी, बिरामीको हेरचाहमा आफ्ना सुखदुख साट्ने स्वास्थ्यकर्मी, सबैका कथा छन् । यहाँ लेख्ने मान्छे र देख्ने आँखाको कमी छ । जतिसुकै बेला पनि बिरामी र तीनका स्वाव, खकारका डल्लो बोकेर दौडीने एम्वुलेन्सका चालकहरु पनि आफ्ना कथा कस्लाई सुनाउन् । उनीहरु न त जागिर छोडेर घरैमा लकडाउनको पालना गर्दै बस्न सक्छन् न त निर्धक्क भएर अस्पतालका ढोकाहरु सम्म पुग्न । मनमा अनेकौँ त्रास बोकेर दौडिरँदा प्रत्यक मोडहरुले उनीहरु प्रति कस्तरी सहानुभुति देखाउँदा हुन् ।

पहिले–पहिले विदेशबाट आउँदा उपहार लिने र नभए विदेशी चक्लेट खान भन्दै घरमा झुरुम्म हुने छिमेकीहरु नजिक नदेखेझैँ गरिरहेका दिनचर्याहरु कति नमिठो हुँदो हो । गाउँलेहरु धारामा भेट हुँदा पनि परपर हुने,


पहिले–पहिले विदेशबाट आउँदा उपहार लिने र नभए विदेशी चक्लेट खान भन्दै घरमा झुरुम्म हुने छिमेकीहरु नजिक नदेखेझैँ गरिरहेका दिनचर्याहरु कति नमिठो हुँदो हो । गाउँलेहरु धारामा भेट हुँदा पनि परपर हुने, अझ कतिपय ठाउँमा पानी खाने धारो नै बद्लिएका पीडाहरु, शंकाका नजरहरु कति धारीलो भएको छ । आजभोली परदेशीले रहर भन्दा पनि डरका पोकाहर ल्याइदिएका छन् आफन्तलाई, जो सँग सबै जना यसैगरि तर्किन्छन् । आफ्ना हरु टाढिएका छन्, अरुहरुकै निगरानीमा वितिरहेका छन्, हजारौँको दिनचर्या । यि सबै–सबैको कारण विश्व भ्रमणमा निस्किएको कोरोना नै हो ।

गत चैत्र १७ गते बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसका संक्रमित विरामीहरुलाई उपचार गर्न प्रदेश विपत् व्यवस्थापन कोष स्थापना गर्यो ।


मजदुर र राहत
मजदुर राहतका लागि धेरै जसो स्थानिय तहहरुमा विपत् व्यवस्थापन कोष पनि निर्माण भएका छन् । जहाँ विभिन्न संघसस्था तथा व्यक्तिगत रुपमा पनि सहयोग प्रदान भैरहेको छ । सरकारको निर्देशनमा स्थानिय तहहरुले मजदुरको पहिचान तथा राहत वितरण गर्यो र कतिपय स्थानिय तहले वितरण पनि गरिरहेका छन् । यसमा लेखा–जोखा गर्ने काम तपाइँ हामी सबैको हो ।
अन्य प्रदेशहरुमा झैँ वाग्मति प्रदेश सरकारले पनि १३ जिल्लाका ११९ स्थानिय तहलाई बजेट छुट्यायो ।
गत चैत्र १७ गते बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसका संक्रमित विरामीहरुलाई उपचार गर्न प्रदेश विपत् व्यवस्थापन कोष स्थापना गर्यो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको प्रकोपलाई नियन्त्रण गर्ने उदेश्यले ५० करोडको प्रदेश विपत् व्यवस्थापन कोष स्थापना गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलको भनाई छ ।
उक्त बैठकले स्थानीय तह अन्तर्गत काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकालाई क्रमश २० लाखका दरले बजेट विनियोजन गरिएको छ । त्यसैगरी हेटौँडा उपमहानगरपालिकालाई १५ लाख, प्रदेशका ४१ वटा नगरपालिकाहरुलाई क्रमश १२ लाख र ७४ वटा गाउँपालिकाहरुलाई क्रमश रु १० लाख दिने निर्णय गर्यो ।

उक्त बैठकले स्थानीय तह अन्तर्गत काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकालाई क्रमश २० लाखका दरले बजेट विनियोजन गरिएको छ । त्यसैगरी हेटौँडा उपमहानगरपालिकालाई १५ लाख, प्रदेशका ४१ वटा नगरपालिकाहरुलाई क्रमश १२ लाख र ७४ वटा गाउँपालिकाहरुलाई क्रमश रु १० लाख दिने निर्णय गर्यो ।


यसैगरि बागमती प्रदेशको ६६ वटै निर्वाचन क्षेत्रका १ सय १९ स्थानीय तहमा दैनिक ज्यालादारी गर्ने सर्व–साधारणलाई स्थानीय तह मार्फत् नै गुजारा टार्ने रकम उपलब्ध गराउन एकिकृत अनुगमन टोली गठन गरी त्यसमार्फत् परिचालन गर्ने समेत निर्णय भयो ।
त्यसै अनुरुप स्थानिय तहमा रहेको मजदुर तथा अति विपन्न नागरिकलाई राहत वितरणको पहिलो चरणको कार्यक्रम लगभग सकियो । राहत बाँडेको विषयमै सत्ता पक्ष तथा प्रतिपक्षको दोहोरी सामाजिक संजालमा निर्लज्ज देखियो । कतिपय जनप्रतिनिधि नै सामाजिक संजाल फेसबुकमा यति सक्रिय भएकी, तेतिको सक्रियता चुनाव जित्ने बेला पनि देखाएका थिएनन् । सायद, यो कोरोना महामारीले अझ धेरै हौसल्ला दियो ।

जे होस् खुसीको कुरा, कोरोनाबाट नेपालमा कोही कसैले पनि प्राण त्याग्नु परेको छैन । यो शुभ समाचार सँधै–सँधै लेख्न र पढ्न पाइयोस् । यसमा सरकारको सतर्कता, डाक्टरहरुको अव्वलता, विरामीको आत्मवल जे सुकै भएपनि डराइरहेको मनमा कता–कता अनौठो आनन्द मिल्दोरैछ, व्यर्थ ।


यससँगै स्थानिय सरकारले मजदुरको चुलो निभ्न लागेको देख्ने बेला भएको छ । आज मन्त्री परिषद् बैठकको निर्णय अनुसार स्थानिय सरकार पनि अघि बढ्ला नै । लकडाउनसँगै खस्किएको अर्थतन्त्र उकास्न अव नयाँ खालको योजना बनाउन जरुरी छ । त्यसका लागि स्थानिय, प्रदेश र संघिय सरकार गम्भीर बन्नै पर्छ । नेपालीको जनजीवन पहिलेकै अवस्थामा फर्काउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
जे होस् खुसीको कुरा, कोरोनाबाट नेपालमा कोही कसैले पनि प्राण त्याग्नु परेको छैन । यो शुभ समाचार सँधै–सँधै लेख्न र पढ्न पाइयोस् । यसमा सरकारको सतर्कता, डाक्टरहरुको अव्वलता, विरामीको आत्मवल जे सुकै भएपनि डराइरहेको मनमा कता–कता अनौठो आनन्द मिल्दोरैछ, व्यर्थ ।