विवाहको खर्च कटौती गर्दै कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले कोरोना कोषलाई दिए

बैशाख १५ ,

रामेछाप । नेबिसंघका पुर्ब महामन्त्री ,नेपाली कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेले आफ्नो बिबाहको खर्च कटौती गर्दै उक्त रकम नेपाल सरकारको कोरोना राहत कोषमा रु दुई लाख हस्तान्तरण गर्नु भएको छ ।

सो रकम स्वास्थ मन्त्री भानुभक्त ढकाल मार्फत कोरोना कोषमा हस्तान्तरण गर्नु भएको हो ।

युवा नेता काफ्लेले भन्नु भयो – “विवाहमा गरिने खर्च कटौती गरी कोरोना भाईरस संक्रमणको संकटमा केहि राहत पुगोस् भनि मैले यो रकम कोरोना कोषमा हस्तान्तरण गरेको हुँ ।”नेबिसंघका पुर्ब महामन्त्री ,नेपाली कांग्रेसका युवा नेता कुन्दन राज काफ्लेको हिजो विवाह भएको थियो ।