यो कोरोनाको अवसर र त्यो समाजवादको बाटो

जुनसुकै चुनौतिको जन्मसँगै त्यसले अवसरको बाटो पनि सँगै लिएर आएको हुन्छ । सन् २०१९ को डिसेम्बरमा चिनको उहानबाट शुरू भएको भनिएको नोबल कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावट हाल संसारको सबै देशहरूमा फैलिएको छ ।
लाखौ मानिसहरूले संक्रमण र मृत्युवरण गर्नुपरेको अवस्था छ । यसको फैलावट हुन नदिन नेपाल सरकारले संसारका अरू देशमा जस्तै नेपालमा पनि २०७६ चैत्र ११ गते देखि लकडाउनको घोषणा गरेको छ । कामका लागि सहरहरूमा रहेका ग्रामीण जनताहरू शुरूमा केही घरघरमा आए तर अधिकांशलाई लकडाउन यति धेरै नहोला भन्ने अनुमान थियो ।
तर जब लकडाउन लम्बिदै गयो, काम, पैसा र खाना पनि नभएपछि उनीहरूमा आतेश पैदा भयो र घर जान छट्पटाउन थाले । कति खाई नखाई पैदल नै धेरै दिन हिँडेर घर पुगे, कोही विभिन्न व्यक्ति, स्थानीय सरकार र निकायहरूले गाडीहरूको बन्दोबस्त गरेर घरसम्म आइपुगेका छन् । अझै यो क्रम जारी छ ।

यी कार्यहरूमा हुने परिश्रम, रोजगारी, आत्मनिर्भरता र एकले अर्कालाई गर्ने सहयोगात्मक भावनाका सहायताले समाजवादको बाटोमा हिँडन डो¥याउने छ ।


स्थानीय निकायको यो कार्यलाई पनि दुवै कोणबाट हेर्नु पर्ने र मूल्याङ्कन गर्नु पर्ने हुन्छ । एक, प्रधानमन्त्री र गृहमन्त्री जनसामान्यलाई घरभित्र बसेर लकडाउनमा सरकारलाई मद्दत गर्न टिभिबाट सन्देश दिँदै गर्दा उहाँकै केही मन्त्रीहरू र केही स्थानीय निकायका प्रमुखहरूले भने आफ्ना खर्चमा आफ्ना भोटरहरूलाई गाउँ लगेको भन्ने पनि राजधानीबाट निस्कने अनलाइन र पत्रपत्रिकाहरूले टिप्पणी समेत गरे ।
बास्तवमा सरुवा रोगको महामारीका बीच यो जनता गाउँ लैजाने शैली त्यति निको थिएन । हुन त नेपालमा अहिले कसले कसलाई भनेको र टेरेको अवस्था छ र ? सबै आफैँ नायक÷खलनायक जस्ता भएका छन् । तैपनि भोकले राजधानी वा ठूला सहरमा तडपिएर मर्नु भन्दा आफ्नो गाउँठाउँमा चिसो हावापानी खाएरै मर्न तम्सिए जनताहरू पनि ।

दोस्रो, ती जो गाउँ फर्किएका जनमानस या मजदुरहरू थिए जोकोही पनि अहिले ती प्रायः होम क्वारेन्टाइनमा नबसी सानले आआफ्ना गाउँ डुलेर खाइरहेका छन् र बेलाबेलामा फेसबुकमा तिनीहरूले हालेका विभिन्न अवस्थाका तस्वीरहरू भाइरल पनि भइरहेका छन् ।


दोस्रो, ती जो गाउँ फर्किएका जनमानस या मजदुरहरू थिए जोकोही पनि अहिले ती प्रायः होम क्वारेन्टाइनमा नबसी सानले आआफ्ना गाउँ डुलेर खाइरहेका छन् र बेलाबेलामा फेसबुकमा तिनीहरूले हालेका विभिन्न अवस्थाका तस्वीरहरू भाइरल पनि भइरहेका छन् ।
आफ्ना नागरिकहरू बन्धुबान्धवहरूलाई सफल रूपमा घर ल्याउनका लागि र ठाउँ ठाउँमा खाना र बासका प्रबन्ध गर्नुहुने स्थानीय सरकारहरू, जनप्रतिनिधीहरू, सर्वसाधारण जनताहरू, तथा संघसंस्थाहरू धन्यवाद्का पात्र हुनुहुन्छ ।
समाज र जनताप्रति दायित्वबोध गरेर यस कठीन घडीमा सामाजिक सेवाको उच्चतम् नमुना प्रदर्शन गर्नु हुने सबै तह र तप्काका महानुभावहरूमा नेपाली जनताहरूका तर्फबाट आभार व्यक्त गरिनु पर्दछ ।
यही मेसोमा अब स्थानीय सरकारहरूले आफ्नो आत्मनिर्भर अर्थतन्त्र बनाउने मौका छोप्ने अति विशिष्ट अवसर जो मिलेको छ । हाल कामका सिलसिलामा जिल्ला र देशबाहिर रहेभएका नागरिकहरू तर अहिले घरमा भएकाहरूलाई केन्द्रविन्दुमा राखेर रोजगारमूलक आयोजनाहरू कसरी सञ्चालन गर्न सकिन्छ भनेर योजना बनाउन शुरू गर्नु पर्दछ । मानव संसाधन नै विकासका लागि चाहिने सबैभन्दा महत्वपूर्ण स्रोत हो । हाम्रा श्रमयोग्य शक्तिहरू अधिकांश गाउँ छोडेर कि देशभित्रकै सानाठूला सहर कि विदेशमा खुनपसिना एकठ्ठा गरी परिवार र देशको मुहारमा कान्ति छरिरहेका छन् ।

कृषि, जडिबुटी, पशुपालनमा आधारित उद्योग तथा अन्य उद्योग धन्दाको विकास, आफ्ना क्षेत्रमा भएका सानाठूला नदी र खोलाहरूबाट सानाठूला विद्युत् आयोजनाहरू निर्माण गर्न सकिएला ? आफ्नो क्षेत्रभित्र भएका पर्यटन र प्राचीन संस्कृति र कलाहरूको जगेर्ना गर्दै त्यसलाई पर्यटन उद्योगमा प्रवद्र्धन गर्न या उपयोग गर्न सकिएला त ?


अहिलेको श्रम गर्न सक्ने यो जनशक्तिलाई अहिले उपयोग गर्न सकिएन भने आउदो ३० वर्ष हाम्रो गाउँघर वृद्धवृद्धाको मात्र बस्ती हुनेछ । काम गर्ने अधिकाशं उमेर विदेशमा परिश्रम गरेर फर्केका जनताको बाहुल्यता हुनेछ, जसलाई भविष्यको हाम्रो देशको समाजवादउन्मुख सरकार अकण्टक रूपमा वृद्धभत्ता मात्र बाँडेर बसिरहेको हुनेछ । जुन देशका लागि प्रत्युत्पादक मात्र हुनेछ ।
गाउँ उजाड छन्, खेती योग्य जमिनहरू बाँझा छन्, के यसबेला हाम्रा खेती योग्य, फलफूल, जडिबुटी, उमार्न सकिने जमिनहरूको तथ्याङ्कसँगै कृषि, पशु, वन र विकास विशेषज्ञहरूसँगको सहयोगले जग्गाहरूको चक्लाबन्दी गरेर आधुनिक कृषि प्रविधिलाई भित्र्याउन सकिएला ? कृषि फसल र पशुको वीमा, भण्डारण र बजारको व्यवस्था, उचित मूल्यको व्यवस्था, वीउ, खेर गएका वस्तुहरूबाट कम्पोष्ट मलहरूको प्लान्ट, रासायनिक र अर्गेनिक मल आदिको व्यवस्था गरेर कृषिमा जागरण ल्याउन सकिएला ?
कृषि, जडिबुटी, पशुपालनमा आधारित उद्योग तथा अन्य उद्योग धन्दाको विकास, आफ्ना क्षेत्रमा भएका सानाठूला नदी र खोलाहरूबाट सानाठूला विद्युत् आयोजनाहरू निर्माण गर्न सकिएला ? आफ्नो क्षेत्रभित्र भएका पर्यटन र प्राचीन संस्कृति र कलाहरूको जगेर्ना गर्दै त्यसलाई पर्यटन उद्योगमा प्रवद्र्धन गर्न या उपयोग गर्न सकिएला त ?

स्वास्थ्य व्यवस्थापन, जनस्वास्थ्य, चिकित्सा, नर्सिंङ् आदि विशेषज्ञहरूको सहयोगमा प्रतिकारात्मक तथा उपचारात्मक स्वास्थ्य सेवा समेतलाई ध्यानमा राखेर अस्पताल सहित जनस्वास्थ्यसंँग सरोकार राख्ने सबै विधाहरूको बन्दोबस्त गर्न सकिएला ?


अधिकांश गाउँहरूबाट नागरिकहरू असल शिक्षा र स्वास्थ्य सेवाका लागि सदरमुकाम र सहरतिर झर्दछन् । शिक्षा विशेषज्ञहरूको सहयोग लिएर हरेक स्थानीय सरकार मातहत रहेका क्षेत्रहरूमा के व्यवसायिक शिक्षा सहितको कम्तिमा पनि १२ कक्षासम्मका विद्यालयहरूको व्यवस्था गर्न सकिएला ? वस्तीहरू छरिएर रहेका र सबै ठाउँमा विद्यालय पु¥याउन नसकिने भएकाले कम्तीमा कक्षा ८ (आधारभूत तह) सम्म घर नजिक पायक पर्ने गरी र त्यसभन्दा पछि कुनै नजिकको स्थानीय गाउँठाउँको केन्द्रमा पारेर गुणस्तरीय, प्रविधिमैत्री, आवासीय भवन र विद्यार्थीहरूको पोषणको समेत ख्याल राखेर विद्यालय नजिकै होस्टलहरू बन्दोबस्त गर्न सकिएला त ?
स्वास्थ्य व्यवस्थापन, जनस्वास्थ्य, चिकित्सा, नर्सिंङ् आदि विशेषज्ञहरूको सहयोगमा प्रतिकारात्मक तथा उपचारात्मक स्वास्थ्य सेवा समेतलाई ध्यानमा राखेर अस्पताल सहित जनस्वास्थ्यसंँग सरोकार राख्ने सबै विधाहरूको बन्दोबस्त गर्न सकिएला ?
त्यस्तै के स्थानीय स्तरमै विभिन्न स्तरका चिकित्सक, नर्स, प्यारामेडिक्स र अन्य स्वास्थ्यकर्मीहरू उत्पादन गर्न छात्रवृत्तिहरूको व्यवस्था गर्न सकिएला ? के आफ्ना क्षेत्रभित्र विद्यालय र अस्पताल पुग्ने पक्की तथा ग्य्राबेल बाटाहरू, एम्बुलेन्स र यातायातका साधनहरूको बन्दोबस्त मिलाउन सकिएला ?

हामी राष्ट्रि«यताका धेरै कुराहरू गर्छौ, जबसम्म देश र समाजमा भएका समस्याहरूमा सामूहिक रूपमा समाधान गर्न लागिपर्ने र समाधान गर्ने तथा आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा जान सक्दैनौ तबसम्म राष्ट्रियतालाई सुदृढ गर्न सकिन्न ।


के स्थानीय नागरिकहरूकै सहभागितामा सडक, सिँचाई, खानेपानी, जलविद्युत्का अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउन सकिएला ? यी सबै कार्यहरूमा स्थानीय नागरिकहरूको प्रत्यक्ष सहभागिता रहेमा अपनत्वको विकास हुनेछ । आफ्नो गाउँलाई हराभरा पार्ने र विकासमा योगदान गर्ने वातावरण तयार भयो भने नागरिकहरू आफ्नो गाउँ ठाउँमै रमाएर बस्नेछन् भन्ने अनुमान गर्न सकिन्छ ।
आफ्नो परिवार र घर छोडेर हिँडन कसैलाइ रहर हुन्न, यो मानवीय मनोविज्ञान हो तर बाध्यताले जीवन बाँच्न घर छोडने निर्णय लिनु पर्दछ ।
हामी राष्ट्रि«यताका धेरै कुराहरू गर्छौ, जबसम्म देश र समाजमा भएका समस्याहरूमा सामूहिक रूपमा समाधान गर्न लागिपर्ने र समाधान गर्ने तथा आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा जान सक्दैनौ तबसम्म राष्ट्रियतालाई सुदृढ गर्न सकिन्न । आजको यो कोरोनापछिको परिस्थितिले हामीलाई यसमा केही समय घोत्लन पर्ने अवस्था सिर्जना गरेको छ । त्यसैले हाम्रा समस्याहरूलाई हामी नै मिलेर समाधान गर्ने र आत्मनिर्भर हुनका लागि परिश्रम गर्ने अठोट अहिले सिर्जना गर्न सके हाम्रो राष्ट्रियताको जरा मजबुत हुनेछ ।
त्यस्तै यो समस्याहरू समाधानका लागि जो एकताको भावना, संलग्नता, त्याग, समर्पण, जाँगर र आँट नागरिकहरूमा हुनेछ । यसले लोकतन्त्रको सुदृढीकरण र विकासमा टेवा पु¥याउने छ । यी कार्यहरूमा हुने परिश्रम, रोजगारी, आत्मनिर्भरता र एकले अर्कालाई गर्ने सहयोगात्मक भावनाका सहायताले समाजवादको बाटोमा हिँडन डो¥याउने छ ।

यसरी राष्ट्रियता, लोकतन्त्र र समाजवादजस्ता कोरा शब्दहरूलाई व्यवहारिक रूपमा कर्म गरी देखाउने अवसर कोरोनाले हामीलाई प्रदान गरेको छ । यसलाई कति सकिन्छ तन मन र धनले कार्यरूप दिने मार्गमा पाइला सार्यौं भने यी शब्दहरू भाषणका विषय मात्र हुने छैनन्, नेपाली माटोमा हुर्कन सक्ने सिद्धान्तका रूपमा प्रतिस्थापित हुनेछन् ।


यसरी राष्ट्रियता, लोकतन्त्र र समाजवादजस्ता कोरा शब्दहरूलाई व्यवहारिक रूपमा कर्म गरी देखाउने अवसर कोरोनाले हामीलाई प्रदान गरेको छ । यसलाई कति सकिन्छ तन मन र धनले कार्यरूप दिने मार्गमा पाइला सार्यौं भने यी शब्दहरू भाषणका विषय मात्र हुने छैनन्, नेपाली माटोमा हुर्कन सक्ने सिद्धान्तका रूपमा प्रतिस्थापित हुनेछन् ।
अतअवसर प्राप्त छ, यो अवसरको भरसक हामी सानो तहदेखि ठूलो तहसम्म बसेका र देशसेवा गर्छौं भन्ने सबैले सक्दो सदुपयोग गरौं ।

(लेखक तामाकोसी सहकारी अस्पताल मन्थली, रामेछाप निर्देशक हुन् ।)