रामेछापमा भोली देखि कुनै पनि सवारी चलाए ठाउँको ठाउँ कारवाही

बैशाख १५

रामेछाप । रामेछापमा भोलीदेखी लकडाउनमा थप कडाइ गरिने भएको छ । नेपाल सरकारले कोरोना भाईरसको संक्रमणका कारण बैशाख २५ गते सम्म लकडाउनको समयावधि थपेसँगै रामेछापमा लकडाउनमा थप कडाई हुने भएको हो ।

लकडाउनको बेला पनि सवारी साधनहरू आवगमन भइरहेको कारणले अब जिल्ला प्रशासन कार्यालयको पास बिना कुनै पनि सवारी साधन आवत जावत गर्न नपाउने भएको छ ।

बैशाख १६ गते देखि अर्को व्यवस्था/ सूचना जारी नभए सम्मसवारी साधन आवत जावतमा पुर्ण रोक लगाईएको जिल्ला प्रशासन कार्यालय रामेछापले सूचना जारी गरि जानकारी दिएको छ । यदि सवारी पास नलिएको पाईएमा वा उद्देश्य विपरित दुरुपयोग भएको पाईएमा कानुन बमोजिम कारवाही गरिने समेत सूचनामा लेखिएको छ ।