रामेछापमा १ सय ७० जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ

वैशाख १५ ,
रामेछाप । रामेछापमा १ सय ७० जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । सोमबारसम्म गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको छ । जस्मा ३६ जना महिला र १ सय ३४ जना रहेका छन् ।

र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।


उहाँका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा परिक्षण गरिएको छ । जस्मा मन्थली नगरपालिकामा १८ जना, रामेछाप नगरपालिकामा २६ जना, लिखुतामाकोशी गाउँपालिकामा ६ जना, सुनापति गाउँपालिकामा २१ जना, दोरम्बा गाउँपालिकामा १५ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा ४१, खाँडादेवी गाउँपालिकामा ३८ जना र जिल्ला अस्पतालमा २ जनाको र्यामपिड परिक्षण गरिएको हो ।