समस्या परेका विद्यार्थीलाई कोठामानै राहत पुर्याउदै नेपाल बिद्यार्थी संघका नेता बुढाथोकी

रामेछापको मन्थली नगरपालीका वडा नम्बर १२ गेलुका एक युवाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्दै हिडेका छन । गेलु निवासी सञ्जय बुढाथोकीले लकडाउनको समयमा तिन सय भन्दा बढी विद्यार्थीहरुलाई डेरामै पुगेर आफुले खाद्यसामग्री सहयोग गरेको बताएका छन । 
देशका विभिन्न ठाउँबाट काठमाडौंमा पठनपाठनको लागि बसेका र अहिले लक डाउनका कारण काठमाण्डौंमा अलपत्र पर्नेहरुलाई मोटरसाइकलमार्फत पीडितहरुको कोठामै राहात उपलब्ध गरेकोे बुढाथोकीले जानकारी दिए । आफुले काठमाण्डौंको बिभिन्न स्थानमा डेरामा बस्ने विद्यार्थीहरुलाई समस्या नहोस् भन्नेर घर घरमा पु¥याएको बुढाथोकी बताए । बुढाथोकी नेपाल बिद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसका उपाध्यक्ष हुन । 
बुढाथोकीले भने -म यो संगठन अनि त्यो संगठन केही पनि भन्दिन कुनै विभेद नगरेर कोटेश्वर क्याम्पसमा पढिरहेका जो सुकै विद्यार्थी होस सहयोग गरिरहेको छु, मैले यो सहयोग कुनै चर्चामा आउनका लागि पनि होइन, डेरामा बसिरहेका साथीहरु कोही पनि भोकै बस्नुपर्ने अवस्था नआओस् भनेर सकेको सहयोग गरिरहेको हुँ, त्यस्तै धेरै साथीहरुलाई राहत लिएको फोटो फेसबुकमा हाल्ला कि भन्ने डर भएको कारण मैले राहत बाँडेको समयमा कसैको पनि फोटो खिचेका छैन, 
। बुढाथोकीले आफूले सुरुमा आफ्नै खर्चमा राहत बितरण गरे पनी अहिले विभिन्न व्यक्तिहरुले पनि सहयोग गरिरहेको बताएका छन । अहिलेसम्म आफुले करिव तीन सयभन्दा भढीलाई राहत वितरण गरिसकेको उनले बताए ।