जरिवाना रकम कोरोना कोषमा जम्मा गरिने

सम्झना श्रेष्ठ, बैशाख १६ मंगलबार

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा वाहिरबाट विना पास प्रवेश गर्ने सवारी साधनलाई रोक लगाईने भएको छ । हिजो गाउँपालिका प्रमुख पानीराज बम्जनको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो । आजबाट विना पासको सवारी साधन चलाएको पाइएमा दुई पांग्रे सवारीलाई पहिलोपटक १ हजार दोस्रो पटक २ हजार जरीवाना लाग्नेछ । यस्तै अटोरिक्सा तथा टेम्पोलाई पहिलो पटक २ हजार, दोस्रो पटक ४ हजार र ठुला सवारीलाई पहिलो पटक ३ हजार दोस्रो पटक ६ हजार जरिवाना हुने जनाइएको छ । उक्त रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जरिवाना रकम जम्मा गरिने उल्लेख छ । तर, कृषीकार्य तथा निर्माण कार्यमा प्रयोग हुने ट्याक्टरमा भने यो नियम लाग्ने छैन । राष्ट्रिय गौरवका आयोजनाहरू र महत्वपूर्ण आयोजनाहरू सामाजिक दुरी कायम गरी अत्यन्तै सजगता अपनाइ संचालन गर्न अनुमति दिइने छ। यस्तै अहिलेसम्म प्रकाउ गरी इलाका प्रहरी कार्यालय कपिलाकोटमा रहेका सवारी साधनहरूलाई सम्बन्धीत सवारी धनिलाई घरैमा राख्ने शर्त कागज गराई फिर्ता गर्ने जनाएको छ । सरकारले आज (मङ्गलबार) देखि लकडाउनलाई थप कडाइ गर्ने भएको छ । त्यसको लागि आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्य नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ ।