सिन्धुलीमा हरियो तरकारिमा लगाएको प्रतिबन्ध फुकुवा

सम्झना श्रेष्ठ, बैशाख १६

सिन्धुली ।जिल्ला प्रशासन कार्यलय सिन्धुलिले हरियो तरकारीमा लगाइएको प्रतिवन्ध फुकुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा सोमबार बसेको सर्बदलिय तथा सर्बपक्षिय बैठकले हरियो तरकारीमा लगाइएको प्रतिवन्ध फुकुवा गरेको हो । जिल्ला भित्र आयात गरिने फलफुल, माछामास, अण्डा र कुखुराको चल्लामा लगाइएको प्रतिवन्ध भने २५ बैशाख राति १२ बजे सम्मका लागि निरन्तरता दिइएको छ । यस्तै जिल्ला भित्र संचालित दुध, फलफुल, तरकारि तथा खाद्यान्न सामाग्रकिो पसल हरेक दिन बिहान ६ बजे देखि विहान ११ बजे सम्म खोल्ने दिइने निर्णय यथावत रहेको छ ।