रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो

बैशाख १७,

रामेछाप । जिल्ला अस्पताल रामेछापले कोरोनाको आशंकामा एक महिलाको स्वाब परीक्षणको लागी धुलिखेल अस्पताल पठाएको छ ।

सर्लाहि जिल्ला घर भएकी महिलाको कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरि धुलिखेल अस्पताल पठाइएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

अहिले महिलालाई जिल्ला अस्पतालको आईसुलेशनमा राखेर उपचार भैरहोको छ । महिला तराईबाट डेढ महिना अघि मात्र रामेछाप आएकी थिईन ।

उनको श्रीमान र छोराछोरी सहित ४ जनालाई भने रामेछाप नगरपालिकाको क्वारेग्टाइनमा राखिएको छ । उक्त महिलामा कोरोना संक्रमण भए नभएको स्वाब परीक्षण रिपोर्ट आएपछि मात्र थाहा हुने उहाँले बताउनुभयो ।