सामुदायिक अस्पतालले बाढ्यो स्थानीय मजदुरलाई राहत

वैशाख १७,

रामेछाप– रामेछाप सामुदायिक अस्पताल मन्थलीका सञ्चालक तथा मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नारायणदाश श्रेष्ठले ब्यक्तिगत रुपमा १५ जनालाई १५ जनालाई ३० केजीको चामल १ बोरा, दाल २ केजी, तेल १ लिटर र नून एक केजीका दरले १५ बोरा चामल, ३० केजी दाल, ३० लिटर तेल र ३० केजी नून प्रदान गरेका छन् ।
लकडाउनका कारण काम बन्द भएपछि खान समस्या भएका स्थानीय मजदुरलाई रामेछाप सामुदायिक अस्पतालको तर्फबाट ब्यक्तिगत रुपमा राहत प्रदान गरेको श्रेष्ठले जानकारी दिए ।

खान समस्या भएका नगरबासीलाई नगरपालिकाले राहत प्रदान गर्ने भनिए पनि अधिकांश वडाहरु, एउटै वडाले ७/८ सय जनाको नाम राहतको लागि सिफारिस गरेपछि नगरपालिकाले अहिलेसम्म राहात दिन नसकेको पनि श्रेष्ठले बताए ।
नगरपालिकाले राहत वितरण गर्न नसकेको अवस्थामा वडा अध्यक्ष श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट आफ्ना वडाका नागरिकलाई राहत प्रदान गरेका हुन् । बुधबार १५ जना स्थानीय मजदुरलाई राहत प्रदान गरेका श्रेष्ठले आफ्ना वडाबासी भोकै परेको अवस्थमा आफ्नो जग्गा बेचेर भए पनि आफ्ना जतालाई खाना खुवाउने ब्यवस्था गर्ने बताए ।

केही दिन अघि पनि वडा अध्यक्ष श्रेष्ठले मन्थलीमा बस्दै आएका रोल्पा रुकुम लगायतका बाहिरी जिल्लाका २ सय ६० जना मजदुरलाई समेत राहत प्रदान गरेका थिए ।