ओखलढुंगाका सबै अस्पतालमाा थर्मल गन

वैशाख,१८,प्रविण मुनाल

ओखलढुंगा । ओखलढुंगाको लिखु गाँउपालिकाका सबै स्वास्थ्य संस्थामा थर्मल गनको प्रयोग गर्न थालिएको छ । मानिसको मानिसको तापक्रम जाँच्न प्रयोग गरिने थर्मल गन गाउँपालिकाले सबै वडाका स्वास्थ्य संस्थालाई उपलब्ध गराएको हो ।

कोरोनाको संक्रमण फैलिएका बेला मानिसलाई नछोई तापक्रम नाप्ने यन्त्र थर्मल गनको विश्वभर प्रयोग भईरहेको छ ।
अहिले लिखुका स्वास्थ्यकर्मीले पनि थर्मल गन प्रयोग गरेर सेवा दिन थालेको गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेलले बताउनु भएको छ ।
पालिकाले खरिद गरेका, प्रदेश सरकारबाट प्राप्त भएका र विभिन्न संघ संस्थाबाट सहयोगको रुपमा प्राप्त भएका १५ वटा थर्मल गन पालिकाका ९ वटै वडाका सवै स्वास्थ संस्थालाई दिएको उपाध्यक्ष ढुुंगेलको भनाई छ । उहाँका अनुसार गाँउपालिकाले पालिकाका सबै वडामा रहेका प्रत्येक स्वास्थ संस्थालाई दुई–दुई सेट पिपिई सहित विभिन्न स्वास्थ सामाग्री समेत उपलब्ध गराएको छ ।

त्यस्तै लिखु गाउँपालिका प्रवेश गर्ने मुख्य २ नाकामा सञ्चालित हेल्थ डेस्कलाई पनि आवश्यक स्वास्थ्य र सुरक्षाका सामाग्री दिएको पालिकाले जनाएको छ ।

जिल्लाभर केही समय अघि सम्म थर्मल गनको अभाव थियो । अहिले स्थानीय तह, प्रदेश सरकार र दाताले जिल्लाका सबैजसो ठाउँका लागि थर्मल गन उपलब्ध गराईदिने क्रम बढेको छ ।