टीम ब्लडपल द्वारा आकस्मिक रक्तदान कार्यबैशाख १८,क्रम सम्पन

बैशाख १८,

काठमाण्डौ । यतिबेला विश्व नै काेराेना भाइरस(Covid-१९) का कारण माहामारीकाे रूपले आक्रान्त छ। यसलाई राेक्न प्रत्येक राष्ट्रले लकडाउन लगाएकाे अवस्था छ। यसकाे प्रत्यक्ष असर ब्लड बैङ्कहरूलाई समेत परेकाे छ।

काेराेनाका कारण लकडाउन र लकडाउने पारेकाे रक्त अभावलाई परिपुर्ति गर्न नेपाल रेडक्रस साेसाइटी र अघि बढ्छौं नामक संस्थाकाे प्राविधिक सहयाेगमा ललितपुरको इमाडोलमा टिम ब्लडपल नामक संस्थाले हिजो जीवन रक्षाका निम्ति एकेवद्वता भन्ने मुख्य नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ।उक्त कार्यक्रममा ३१ जनाले रक्तदान गरेकाे संस्थाका सल्लाहकार शुसान कर्माचार्यले बताएका छन्।

कार्यक्रमकाे संयाेजक सन्जु नापीतले गरेकी थिइन् भने ब्लड बैङ्क पुल्चोकले मेडिकल सामान उपलब्ध गराएको कर्माचार्यले बताए। उक्त रक्तदान कार्यक्रम गर्नका लागि काठमाडौं काँडाघारीका युवा समाजसेवी मिलन नेपालले आर्थिक सहयाेग उपलब्ध गराएका थिए।

कर्माचार्यले बताए अनुसार थुप्रै सामाजिक संस्थाहरूले पनि आर्थिक सहयाेग गरेका छन्। जम्मा भएकाे ब्लड संस्थाका अध्यक्ष सुरेस मान्नधरले ब्लड बैङ्क पुल्चोकलाई हस्तान्तरण गरेका छन्।