त्रिविमा अनलाइन शिक्षा : चुनौती र सम्भवना


कोभिड –१९ ले ल्याएको अनिश्चितकालीन बन्दाबन्दी र भौतिक दूरी कायम गर्नुपर्ने सन्दर्भमा समाज र यसका हरेक अवयवहरू अहिले अन्यौलताको क्रसरोडमा उभिएका छन् ।
यसै सन्दर्भमा उच्च शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने त्रिभुवन विश्वविद्यालयमा अनलाइन शिक्षा र शिक्षणको सूचनासँगै केही दिन अघिदेखि यसका पक्ष र विपक्षमा बहस, टीकाटिप्पणी र चर्चा परिचर्चाहरू भएका देखिन्छन् । कसैले अनलाइन शिक्षण प्रविधिलाई महामारीसँगै आएको बाध्यता भनेका छन् भने, केहीले क्षणिक रहर मात्रै हो भनेका छन् । यसमा ब्यापक बहस गरी बुद्धिमत्तापूर्वक अगाडि बढनु पर्ने देखिन्छ ।
शिक्षा भन्नाले शिक्षकले भन्ने, विद्यार्थीले सुन्ने र घोकेर परीक्षामा लेख्ने विषय पक्कै होइन । यसको ठीक विपरीत बरू शिक्षा भनेको सिकारूको रूचि तथा आवश्यकता अनुसारको विषय तथा क्षेत्रमा विज्ञता हासिल गरी व्यक्तिको समष्टिगत व्यक्तित्व विकास गर्ने हो । आजको जामनामा शिक्षकको काम भनेको विद्यार्थीहरूका सिकाइ प्रक्रियाहरूमा सहजीकरण गरिदिने मात्र हो । सिकाइका हजारौं तरिकाहरूमध्ये कक्षाकोठाको सिकाइ पनि एक पुरातन तरिका हो ।
झन् विश्वविद्यालयका सामयिक शिक्षा त शिक्षकमुखीभन्दा पुस्तकालय तथा स्वाध्ययन, खोजविधि, परियोजना कार्य, अनसन्धानमुखी वैविध्य विधिहरूमा आधारित हुन्छन् । उच्च शिक्षा शिक्षक निर्देशितभन्दा स्वउत्प्रेरित, स्वनिर्देशित तथा स्वायत्त हुनु पर्दछ । सिर्जनात्मक तथा नवीनसोचको विकास गर्ने उच्च शिक्षामा शिक्षक निर्देशित प्रत्यक्ष सिकाइ नै सर्वाेपरी हो भन्ने भ्रमबाट हामी मुक्त हुनु जरूरी मात्र होइन अब त ढिला भैसकेको पनि छ ।

एक्काइसौं शताब्दीको साक्षरता मानिएको आइटीमा विश्वविद्यालयका विद्यार्थीहरूलाई निरक्षर राखिनु हुँदैन भनी उच्च शिक्षाका सबै सङ्कायहरूमा आइटीलाई कहीँ न कहीँ समेटिएको छ । बरू यसका लागि आवश्यक सचेतना, अभिमुखीकरण, पूर्वाधारको विकास, आवश्यक व्यवस्थापन तथा सहयोगको लागि सबैले आआफनो ठाउँबाट ठोस रूपमा पहल गर्नुपर्दछ र विशेषगरी त्रिविले विभिन्न पक्षहरूसँग संयोजन गरी यसमा सक्रिय भूमिका निर्वाह गर्नु पर्दछ ।


अनलाइन शिक्षण र प्रत्यक्ष शिक्षणका आआफनै फाइदा र बेफाइदाहरू छन् । अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रयोग गरिँदै आए पनि नेपालमा विरलै देख्न पाइएको अनलाइन शिक्षण कोभिड –१९ को सङ्कटका बेला बाध्याताले निम्त्याएको अवसरको रूपमा लिइएको छ । बन्दाबन्दी र अन्यौलका बेला झन् सक्रिय हुनुपर्ने प्राध्यापक तथा विश्वविद्यालयका विद्यार्थीहरूलाई वैकल्पिक रूपमै भएपनि सक्रिय पार्न र चालु शैक्षिक सत्रलाई सहज बनाउन त्रिविले यो विधि अघि सारेको देखिन्छ ।
यसप्रकारको परिवर्तित अवस्थामा नयाँ चुनौतीबाट पन्छिन हजारौं बाहना खोज्नुभन्दा सामना गर्ने उपाय खोज्नु बुद्धिमानी देखिन्छ । साथै एक्काइसौं शताब्दीमा शिक्षाको लागि विभिन्न किसिमका साक्षरतामध्ये सूचना तथा प्रविधि (आइटी) साक्षरता पनि एक महत्वपूर्ण भएकाले अनलाइन शिक्षाले यसका लागि महत्वपूर्ण भूमिका खेल्ने नै छ ।
प्रत्यक्ष शिक्षणमा अभ्यस्त भइराखेको पूर्वदेखि पश्चिम, हिमाल, पहाड, तराईदेखि मधेश र गाउँघरसम्म फैलिएको भीमकाय त्रिविलाई तयारीको मौका पनि नपाई एक्कासी अनलाइन शिक्षणमा जानुपर्दा प्रशस्त मात्रामा चुनौतिको सामना गर्नुपर्ने देखिनु स्वभाविक नै हो । तर पनि ती चुनौतिहरूका व्यवस्थापन र सामना गर्दै जानुबाहेक हामीसँग अरू विकल्प पनि त छैनन् ।


भौतिक तथा कमजोर विकासका पूर्वाधार र बालबालिकाहरूलाई सहयोगी बन्नुपर्ने आइटीमा निरक्षर जेठो पुस्ताको कारणले नेपालको विद्यालय शिक्षाको तल्लो तहमा अनलाइन शिक्षाको व्यावहारिकता तथा प्रभावकारितामा प्रश्न उठाउनु स्वभाविक भए तापनि कोभिड –१९ले ल्याएको अनिश्चितकालीन असहज अवस्थामा उच्च शिक्षामा पनि यसलाई अस्वीकार गर्ने गल्ती गर्नु हुँदैन ।
एक्काइसौं शताब्दीको साक्षरता मानिएको आइटीमा विश्वविद्यालयका विद्यार्थीहरूलाई निरक्षर राखिनु हुँदैन भनी उच्च शिक्षाका सबै सङ्कायहरूमा आइटीलाई कहीँ न कहीँ समेटिएको छ । बरू यसका लागि आवश्यक सचेतना, अभिमुखीकरण, पूर्वाधारको विकास, आवश्यक व्यवस्थापन तथा सहयोगको लागि सबैले आआफनो ठाउँबाट ठोस रूपमा पहल गर्नुपर्दछ र विशेषगरी त्रिविले विभिन्न पक्षहरूसँग संयोजन गरी यसमा सक्रिय भूमिका निर्वाह गर्नु पर्दछ ।

यसका साथै त्रिविले शिक्षक तथा विद्यार्थीहरूलाई आवश्यक पर्ने पाठयक्रम, सेल्फ लर्निङ् मेटेरियल्स, हेन्डस्आउटस्, कोर्स अनुसारका आवश्यक अनलाइन पुस्तकहरू, पाठ्यपुस्तक, कक्षा शिक्षण अडियो तथा भिजुअल रेकर्ड अनलाइन तथा अफआइन प्रयोग गर्न सक्नेगरी विधा तथा विषय अनुसार वेब तथा मोडल तयार पारी सम्बन्धित प्राध्यापक तथा विद्यार्थीहरूको सहजै पहूँचमा हुनेगरी राख्ने व्यवस्था गर्नु पर्दछ ।


हरेक महासङ्कटले समाज र यसका अवयवहरूमा क्रान्तिकारी परिवर्तन ल्याउँछ । हामीले पनि यसबेला शिक्षामा आउने विश्वब्यापी परिवर्तनलाई नकार्नुभन्दा पछ्याउनु नै उपयुक्त हुन्छ । उसै पनि विश्वविद्यालय शिक्षा साक्षरता तथा सर्टिफिकेटका लागि नभई विज्ञता, विशेषज्ञता र समयक्रममा आउने नयाँनयाँ चुनौतीसँग लडनसक्ने क्षमता विकासका लागि हो भन्ने पुष्टि गर्न सक्नु पर्दछ ।
त्रिविका पाठ्यक्रम, शिक्षक, शिक्षण विधि, आम विद्यार्थी तथा मूल्याङ्कन पद्दतिहरू नै पनि अहिलेका अवस्थामा समेत अनलाइन शिक्षणभन्दा प्रत्यक्ष शिक्षणमुखी छन् । अझ ती सहज अवस्थामा यसैमा अभ्यस्त छन् । तर कोभिड –१९ ले गरेको असहज, बन्दाबन्दी तथा अनिश्चितकालीन भौतिकदूरी कायम गर्नुपर्ने अवस्थाले हामीले हाम्रा शैक्षिक लगायत अन्य गतिविधि र क्रियाकलापहरू पनि परिमार्जन गर्नुपर्ने देखिन्छ । यसर्थ त्रिविले पनि आप्mना पाठयक्रम, शिक्षण तथा मूल्याङ्कन पद्दतिमा अनलाइन शिक्षणका लागि बाधक देखिएका पक्षहरूलाई आवश्यक परिमार्जन गरी व्यावहारिक, सहज र प्रविधिमैत्री बनाइनु पर्दछ ।
यसका साथै त्रिविले शिक्षक तथा विद्यार्थीहरूलाई आवश्यक पर्ने पाठयक्रम, सेल्फ लर्निङ् मेटेरियल्स, हेन्डस्आउटस्, कोर्स अनुसारका आवश्यक अनलाइन पुस्तकहरू, पाठ्यपुस्तक, कक्षा शिक्षण अडियो तथा भिजुअल रेकर्ड अनलाइन तथा अफआइन प्रयोग गर्न सक्नेगरी विधा तथा विषय अनुसार वेब तथा मोडल तयार पारी सम्बन्धित प्राध्यापक तथा विद्यार्थीहरूको सहजै पहूँचमा हुनेगरी राख्ने व्यवस्था गर्नु पर्दछ ।
देशैभरि फैलिएका त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूको भौतिक पूर्वाधारको अभाव र ती क्याम्पसहरूमा अध्यापन गर्ने प्राध्यापक तथा दूर दराजमा रहेका लाखौं विद्यार्थीको गाउँघरको भौगोलिक अवस्था, सूचना तथा प्रविधि र यसका माध्यमकै अभाव हुन् । यस पक्षमा त्रिविले विशेष ध्यान दिनुपर्ने देखिन्छ । यसका लागि त्रिविले नेपाल सरकार तथा दूर सञ्चार प्रदायक संस्थाहरू नेपाल टेलिकम र एन्सेलसँग शीघ्र समन्वय र सहकार्य गरी इन्टरनेट सुविधालाई सबै विद्यार्थी तथा शिक्षकहरूको भौतिक तथा आर्थिक पहूँच र क्षमतामा ल्याइनु पर्दछ । सूचना तथा प्रविधिको अध्यापन भइरहेका तथा सदरमुकाम तिरका क्याम्पसहरू र विद्यार्थीहरू केही हदसम्म अनलाइन कक्षा सञ्चालन गर्न र यसबाट लाभान्वित हुन सक्षम छन् तर यसको ठीक विपरीत दूर दराजमा रहेका त्रिविका कैँयौँ विद्यार्थीहरूका लागि गाउँपालिका तथा नगरपालिका मार्फत् सञ्चारका माध्यमको व्यवस्था वा सञ्चार तथा प्रविधिमा पहूँच र क्षमता पु¥याउन त्रिविले पहल गर्नुपर्ने देखिन्छ ।
यसमा आवश्यक परे आइटी साक्षरताका लागि त्रिविले स्वयम् तथा स्थानीय निकायहरूको सहयोगमा शिक्षक तथा विद्यार्थीहरूका लागि एक वा दुई हप्ते आधारभूत आइटी साक्षरता कक्षा सञ्चालन गर्न सक्दछ ।

बन्दाबन्दीका कारणले धेरै कार्यक्रमहरू बन्द गर्नुपर्ने अवस्थामा विश्वविद्यालय अनुदान आयोगले पनि विश्व विद्यालयलाई प्रविधिमैत्री बनाउन लगानी गरी सहयोग गर्न सक्दछ । यसका अतिरिक्त ग्रामीण क्षेत्रमा सञ्चालित विद्यार्थीहरूको चाप कम भएका क्याम्पसहरूले संयुक्त रूपमा अनलाइन कक्षा सञ्चालन गर्न सक्छन् ।


बन्दाबन्दीका कारणले धेरै कार्यक्रमहरू बन्द गर्नुपर्ने अवस्थामा विश्वविद्यालय अनुदान आयोगले पनि विश्व विद्यालयलाई प्रविधिमैत्री बनाउन लगानी गरी सहयोग गर्न सक्दछ । यसका अतिरिक्त ग्रामीण क्षेत्रमा सञ्चालित विद्यार्थीहरूको चाप कम भएका क्याम्पसहरूले संयुक्त रूपमा अनलाइन कक्षा सञ्चालन गर्न सक्छन् । यसका अतिरिक्त, अनलाइन कक्षाका लागि भौगोलिक तथा भौतिक दूरीले अर्थ नराख्ने हुनाले सुगमका सक्षम क्याम्पसहरूले अन्य अनलाइन कक्षा सञ्चालन गर्न नसक्ने क्याम्पसका विद्यार्थीहरूलाई आफ्ना अनलाइन कक्षामा समावेश गरी सहयोग गर्न सक्छन् ।
विश्वविद्यालय शिक्षालाई प्रविधिमा आधारित सिकाइसँग जोडने हो भने विश्वविद्यालयमा विशेषगरी दुई खाले विषयवस्तुको अध्ययन अध्यापन हुन्छ ः अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विषयवस्तु । अङ्गे्रजी, गणित, विज्ञान, अन्तर्राष्ट्रिय राजनीतिशास्त्र जस्ता विषयहरू विश्वभरी अध्ययन अध्यापन हुन्छन् र यिनीहरूका लागि आवश्यक अध्ययन सामग्री श्रव्यदृश्य, किताब तथा भर्चुअल कक्षाको रूपमा प्रशस्त मात्रामा पाइन्छन् । यसका लागि क्याम्पस तथा त्रिविकै मुख ताक्नु पर्दैन । आवश्यकता अनुसार विद्यार्थीले उपयोग गर्न सक्छन् ।
अनलाइनमा कमैमात्र सामग्री पाइने नेपाली भाषा र साहित्य, नेपालको राजनीतिशास्त्र, इतिहास जस्ता विषयमा त्रिविले नेपाल प्रज्ञा प्रतिष्ठान, मदन पुस्तकालय, नास्ट, मार्टिन चौतारी जस्ता संघसंस्थाहरूसँग मिलेर वा आप्mनै विभागहरूमार्फत् थुप्रै अध्ययन सामग्रीहरू डिजिटलाइज्ड गर्न सक्छ । अब यस्ता कार्यहरू गर्न कुनै साइत पर्खिरहनु पर्दैन ।
अनलाइन शिक्षणका साथै आफूले भ्याएको समयमा विद्यार्थीहरूले पनि एक आपसमा अनलाइन समूह, फेसबुकमा पनि आपसी समूह (फेसबुक ग्रुप) बनाएर छलफल विधिद्वारा समूहमा गज्जबले अध्ययन गर्न सक्छन् । डिजिटल साक्षरताको साथै देशभित्र र बाहिरका विषयवस्तु, अनलाइन कक्षा, भर्चुअल लर्निङ् तथा युट्युब तथा सोसल मिडिया मार्फत् आफना प्राध्यापकहरूसँग पनि च्याट समूहमा रही विषयवस्तुका बारेमा छलफल गर्न सक्छन् ।
यसले भौगोलिक दूरी, समयका तगारा र औपचारिकताका पर्खाललाई भत्काएर शिक्षा र सिकाइलाई सहज, क्षमताअनुसार, भ्याएअनुसार र सौहार्दपूर्ण वातावरणमा निरन्तर प्रवाह गर्न सकिन्छ भनेर हामी प्रयोग गर्न सक्छौं ।

उसो त त्रिविले प्रत्यक्ष शिक्षणपद्दति भनेपनि शतप्रतिशत विद्यार्थीहरू समानरूपमा पाठ्यक्रम, पाठ्यपुस्तक, कक्षाकोठा शिक्षण तथा मूल्याङ्कनमा कहाँ नै समान अवसर पाउँछन र ? बरू अलिकति प्रयास गर्ने हो भने अनलाइन शिक्षणले यो अवसर जुराइदिन सक्छ ।


उसो त त्रिविले प्रत्यक्ष शिक्षणपद्दति भनेपनि शतप्रतिशत विद्यार्थीहरू समानरूपमा पाठ्यक्रम, पाठ्यपुस्तक, कक्षाकोठा शिक्षण तथा मूल्याङ्कनमा कहाँ नै समान अवसर पाउँछन र ? बरू अलिकति प्रयास गर्ने हो भने अनलाइन शिक्षणले यो अवसर जुराइदिन सक्छ ।
बरू त्रिविले केन्द्रीय तथा नमुना क्याम्पसका अनलाइन कक्षाहरूलाई रेकर्ड गरी अनलाइनका साथै अफलाइनका सम्बन्धित क्याम्पस तथा विद्यार्थीहरूका पहूँचमा पु¥याउने हो भने सबै विद्यार्थीहरूले गुणस्तरीय तथा शिक्षामा समान अवसर पाउन सक्छन् ।
पुराना र अपाङ्ग कक्षाकोठा, निरस र पट्यारलाग्दा शिक्षकहरूका एकहोरा भाषणमा आधारित शिक्षण, थकित र निरुद्देश्य विद्यार्थीको श्रवण, वर्षभरिको पढाइको तीनघण्टे बहुलठ्ठीपूर्ण परीक्षणभन्दा त अनलाइन शिक्षा र सिकाइ विद्यार्थीहरूको अनुकूलतामा प्रयोग गर्न सकिन्छ ।
कक्षाकोठाको औपचारिकताभन्दा बाहिर पनि वृहत्तर सिकाइका सम्भावना र परिधिहरू हुन्छन् । मात्र आवश्यक छ अठोटको । परिवर्तनको अठोट, सिकाइको अठोट, नसक्नेलाई सहयोगको अठोट, औचारिकताभन्दा खुलापनको अठोट । विस्तारै अभ्यस्त हुँदै गइन्छ । परिष्कृत हँुदै गइन्छ र विस्तारै यही प्रभावकारी पनि लाग्दै जान्छ ।
हरेक थालनी शुरूआती दिनमा पागलपन लाग्छन्, विस्तारै संस्कारका रूपमा विकास हुन्छन् । कोभिड –१९ महामारिपछि सहज हुँदा अफलाइन र अनलाइनको हाइब्रिड शिक्षण पद्दति पनि शुरू गर्न सकिन्छ ।

सत्य यो पनि हो कि शिक्षामा क्रान्तिकारी परिवर्तन गर्न चाहने त्रिविले पनि शिक्षक तथा पूर्वाधारमा लगानी, अभिमुखीकरण तथा तालिमका कार्यक्रमहरूको राष्ट्रव्यापी संयोजन, विद्यार्थीहरूको परिवर्तित परिस्थितिमा आवश्यक सिकाइको वातावरण, सञ्चार र प्रविधिमा व्यापक पहूँच र क्षमतामा पनि क्रान्तिकारी परिवर्तनको सोच र यसलाई इमान्दारीपूर्वक व्यवहारतः लागू गर्ने प्रतिबद्धता चाहिन्छ ।


विश्वभरिका प्रिस्कुलदेखि विश्वविद्यालयसम्म अहिले अनलाइन शिक्षणमा गइरहेका छन् । हामीले पनि यो सम्भावनाबाट नतर्सिकन समस्याहरूलाई सहजतापूर्वक सल्टाउदै अगाडि बढ्नु पर्दछ । समस्याहरू त कहाँ छैनन् र ?
प्रत्यक्ष शिक्षणका पनि आप्mनै प्र्र्रशस्त समस्या तथा कमजोरीहरू छन् । समस्याहरूको पर्खाल देखाएर अनलाइन शिक्षणको अहिलेको बाध्यात्मक आवश्यकताबाट भाग्नुभन्दा समयानुकूल सबैले आफूलाई सशक्तीकरण गर्दै अगाडि बढ्नु पर्दछ ।
सत्य यो पनि हो कि शिक्षामा क्रान्तिकारी परिवर्तन गर्न चाहने त्रिविले पनि शिक्षक तथा पूर्वाधारमा लगानी, अभिमुखीकरण तथा तालिमका कार्यक्रमहरूको राष्ट्रव्यापी संयोजन, विद्यार्थीहरूको परिवर्तित परिस्थितिमा आवश्यक सिकाइको वातावरण, सञ्चार र प्रविधिमा व्यापक पहूँच र क्षमतामा पनि क्रान्तिकारी परिवर्तनको सोच र यसलाई इमान्दारीपूर्वक व्यवहारतः लागू गर्ने प्रतिबद्धता चाहिन्छ ।
पवित्र चाहानाले मात्रै सपना मात्र देखाउछ, विपना होइन ।