समाजसेवी पौडेलद्वारा राहात वितरण

बैशाख १८,

रामेछाप । समाजसेवी केसर बहादुर पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । विभिन्न कारण काठमाण्डौ गएर बन्दाबन्दीले समस्यामा परेकाहरुलाई राहात स्वरुप खाद्यन्न लगाएतका सामाग्री हस्तान्तरण गरेको नेपाल मगरसंघका जिल्ला अध्यक्ष शिव सागर मगरले जनता भ्वाईसालई जानकारी दिनुभयो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिती रामेछाप र भृङ्गेसोर सेवा समाजले संयुक्त रुपमा सहजिकण गरेका थिए । राहात वितरणको लागि रामेछापको लिखुतामाकोशी गाउपालिका वडा नं २ का समाजसेवी केसर बहादुर पौडेलले आर्थिक सहयोग गर्नुभएको हो ।

मगरका अनुसार समाजसवी पौडेलले बन्दाबन्दीले समस्यामा परेकाहरुलाई १ लाख ३५ हजार बराबरको चामल, दाल, नुन, तेललगाएतका राहात दिनुभएको हो ।

राहात पाउनेमा रामेछापका विभिन्न गाउँपालिका तथा नगरपालिकाका ज्यामी काम गर्ने मजदुर र केहि बेरोजगार निम्न आएभएका ९० जना जिल्लाबासी रहेको अध्यक्ष मगरको भनाई छ ।