रामेछापबाट धुलिखेल पठाएको एकको रिपोर्ट नेगेटिभ

वैशाख, १८

रामेछाप । रामेछाप जिल्लाबाट धुलिखेल अस्पताल पठाएको रिपोट नेगेटिभ आएको छ । बुधबार जिल्ला अस्पताल रामेछापले एक पुरुष र एक महिलाको स्वाब परिक्षणको लागि धुलिखेल पठाएको थियो ।

उनीहरुको जिल्लामा परिक्षणको क्रममा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएको थियो ।

महिलाको रिपोर्ट आउन बाकी रहेका तर २८ वर्षीय मन्थली नगरपालिका वडा नं ६ का पुरुषको भने रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्या कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।