रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण

वैशाख, १८,

रामेछाप। रामेछाप प्रशासनलाई सरकारी तथा गैरसरकारी संस्थाबाट थर्मल गन सहितका सामाग्री हस्तान्तरण एक मुस्टमा प्राप्त भएको छ। गैर सरकारी संस्था महासंघ जिल्ला शाखा रामेछाप, समुदायिक विकास समाज र पहाडी समाज कल्याण केन्द्र, श्रृजनशिल युवा समाजले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यकलाप रामेछापलाई कोरोना भाइरसबाट जाँच गर्ने र सुरक्षित हुने सामाग्री हस्तान्तरण गरेका हुन ।

सम्बन्धित फोटो, रत्न कडेलबाट प्राप्त

उनीहरुलो संयुक्त रुपमा सर्जिकल माक्स २ हजार थान, सेनिटाईजर १५० एमएलको २९५ वटा, थर्मल गन १ थान गरी कुल रु ९० हजार बराबरको स्वास्थ्य सामाग्री प्रमुख जिल्ला अधिकारी रूद्रा देवि शर्मामार्फत बिहिबार जिल्ला प्रशासन रामेछापलाई हस्तान्तरण गरेको गैर सरकारी संस्था महासंघ रामेछापका उपाअध्यक्ष रत्न कडेलले जनता भ्वाईसलाइ जानकारी दिनुभयो ।

उहाँका अनुसार हस्तान्तरित सामाग्री जिल्ला स्थित प्रहरी, ट्राफिक प्रहरी, सशस्त प्रहरीलाई प्रयोग गर्न मिल्ने गरि हस्तान्तरण गरिएको हो । समुदायिक विकास समाजले यस अघि पनि जिल्लाका विभिन्न पालिकाहरुलाई सामाग्री दिएको थियो ।